गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका महिला समन्वय समितिको उपाध्यक्ष पदमा कांग्रेस नेतृ खेमकुमारी बराल नियुक्त भएकी छन् । उनलाई संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गराउँदै २०७२ असोज २२ गते चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । बराल यसअघिको शुसील कोईराला नेतृत्वको सरकारके पालामा उक्त पदमा नियुक्त भएपनि सार्वजनिक भएको थिएन । बिगत तीन दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय बराल नेपाल महिला संघको विभिन्न पदमा रहेर काम गरेकी थिईन् । उपाध्यक्ष पदमा नियुक्त भएसँगै पोखरा गोल्डेनन्यूज सँग कुरा गर्दै बरालले महिला अधिकार र महिला स्वाबलम्बन एवं दक्षता अभिबृद्धिका लागि आफ्नो स्थानबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाइन । कांग्रेसभित्र निष्ठावान र ईमान्दार राजनीति गर्ने कुशल महिला नेतृका रुपमा चिनिएकी बराल यसअघि लोकतान्त्रिक आन्दोलनसहित महिलाका पक्षमा भएका आन्दोलनमा पटक–पटक जेलजिवन विताएकी थिईन् ।
Post a Comment