0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा शनिबार पोखराको २ फरक–फरक कार्यक्रममा सहभागी भए । नेपाली कांग्रेस कास्कीले कार्यकर्ता प्रशिक्षण र गणेशमान सिंह फाउण्डेशन कास्कीद्वारा शनिवार आयोजित ‘राजनेता र गणेशमान सिंहको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो ।  गणेशमान सिंह फाउण्डेशन कास्कीद्वारा शनिवार आयोजित ‘राजनेता र गणेशमान सिंहको भूमिका’ विषयक कार्यक्रमको पोखरामा उद्घाटन गर्दै उनले ओलीले उपप्रधान मन्त्रीको रेकर्ड बनाएर विश्व हँसाउने काम गरेको समेत बताए । जम्बो उपप्रधान मन्त्री वनाएर प्रधानमन्त्री केपी ओलीले देशलाई वोझ थपाउने काम गरेको बताएका छन्।
 
उनले अहिलेको विषम परिस्थितिमा कार्यकर्ताहरुलाई विचलित नभई सक्रिय बन्न आग्रह गरे । नेता देउवाले देशमा जव संकटको घडि आउँछ तव गणेशमान सिंहको खोजी हुने गरेको बताउँदै निष्ठाको राजनीतिमा गणेशमानको भूमिकाको प्रशंसा गरे । अहिलेका कांग्रेसहरुले गणेशमानवाट पाठ नसिक्दा देशमा लोकतन्त्र कमजोर हुन थालेको उनले वताए । कांग्रेसको इतिहास गतिलो आधारमा भएको हुनाले नै कांग्रेसको जिम्मेवारी र भूमिका देशलाई आवश्यक परेको देउवाको भनाई छ । नेता देउवाले नेपाली कांग्रेस इतिहाँस भएको पार्टी भएको भन्दै कसैले सकियो भन्दैमा सकिने र कसैले पगरी गुथाउँदैमा हौसिने पार्टी नभएको बताए । उनले भारतले नेपालमा अप्ठेरो वनाएर नेपाली जनतालाई दुःख दिन थालेको समेत वताए । यस्तो अवस्थामा गठन भएको सरकार ढाल्न कांग्रेस नलाग्ने बताउँदै उनले यो सत्ता आफै ढल्ने वताए ।

गणेशमान फाउण्डेशन कास्कीका अध्यक्ष खेमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजाल, महादेव गुरुङ, यज्ञवहादुर थापा, शुक्रराज शर्मा, उपाध्यक्ष भोजवहादुर गुरुङ र सचिव मुक्तिराम अधिकारीले आ आफ्ना भनाई राखेका थिए ।नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता देउवाले  व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयक कार्यान्वयन गर्न काँग्रेसले सडक र सदनबाट महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नेता देउवाले संविधान संशोधन भएमा मधेसवादी दलहरुले उठाएको मुद्दा सम्बोधन हुने र अहिलेको असहज स्थिति हट्ने दाबी गरे । मधेसवादी दलहरुले गरेको आन्दोलन स्वयम् मधेसी जनताको हितमा पनि नभएको टिप्पणी गर्दै वरिष्ठ नेता देउवाले भारतको नाकाबन्दीले अत्यावश्यकीय वस्तुहरु रोकेर नेपाली जनतालाई दुःख दिएको धारणा राखे ।
 
नेपाली काँग्रेस प्रचार विभाग प्रमुख एवम् पूर्व सूचना तथा प्रविधि मन्त्री डा मीनेन्द्र रिजालले वर्तमान सरकारले नेपाली जनताको हितमा काम गर्न नसक्ने आरोप लगाए । पार्टी सभापति यज्ञबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सांसद शुक्रराज शर्मा र सचिव युवराज कुँवरले पनि बोलेका थिए ।


Post a Comment

 
Top