0
गोल्डेन न्यूज संवाददाता
पोखरामा खाना पकाउन सकिने वनस्पति ग्यास उत्पादन गरिएको छ । लमजुङ करापुटार नगरपालिका लक्ष्मीबजारका युवा रदि मियाले वनस्पतिबाट ग्याँस उत्पादन गरेका हुन् । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर मियाले आफ्नो उत्पादनलाई सार्वजनिक गरेका छन् । नबक लभधकभारतको अघोषित नाकावन्दीले इन्धन लगायतका अत्यावश्यक वस्तुहरुको चरम अभाव भइरहेको अवस्थामा युवा वैज्ञानिक मियाले स्थानीय स्तरमा पाइने विभिन्न सामग्री प्रयोग गरेर आफूले ग्यास उत्पादन गरेको बताए । पाइपमा हावा हाल्ने पप्पबाट उनले ग्यास भरेर वनस्पतीबाट निस्केको ग्यास बालेर देखाएका छन् । गाउँको साल धुप बाँसको पानी डिस्टिल वाटर मिसाएर उनले ग्यास उत्पादन गरेका छन् । उक्त ग्यासले खाना पकाउन सकिने मियाले बताए । सामान्य परिवारमा जन्मेका मियाले यसअघि अल्ट्रालाइट बनाएका थिए । यदि सरकारले प्रविधीको विकासमा सहयोग गरे देश ग्यासमा आत्मनिर्भर हुने र भारतको भर पर्न नपर्ने वैज्ञानिक मियाको भनाई छ ।
 
करिब आठ नौ दिन लगाएर आफूले विभिन्न वनस्पतिको खोजी गर्दै धुप र बासँको पानीवाट ग्यास निकाल्न सफल भएको उनले बताए । यसअघि पोखराका युवा वैज्ञानिक महेश त्रिपाठीले बिनाविद्युत विना इन्धन चल्न सक्ने इन्जिनको आविष्कार गरेका थिए । यस्ता आविष्कारहरुलाई सरकारी सहयोग र अनुसन्धानमा लगानी गरे पक्कै देश आत्मनिर्भर बन्ने सरोकारवाला बताउँछन् । पत्रकार सम्मेलनमा मियाले आफूले निर्माण गरेको अल्ट्रालाइट परीक्षण गर्न उड्ययन प्राधिकरणको अनुमति नपाएको गुनासो गरे ।

Post a Comment

 
Top