0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. २५ चिसापानी फुर्सेखोलामा २८ करोडको लागतमा वातावरण मैत्री एक रिसोर्ट संचालनमा आएको छ । पभिलियन्स हिमालयन प्रालिले वातावरण मैत्री बुटिक रिसोर्ट हालै संचालनमा ल्याएको हो । रिसोर्टमा कृतिम ईन्धन÷श्रोतको प्रयोग बिनै वातावरण मैत्री रुपले वातावरण अनुकुलित हुने सामाग्री ईन्सुलेसन प्रयोग भएको रिसोर्ट संचालक डगलस मेक्लागनले बताए ।
 
उनले भने–‘हामीले नेपालमा भएको धेरै समस्याहरुको माझमा आफु आत्मनिर्भर भएर पनि विश्वका जनतालाई सेवा दिन सक्छौं भनेर नेपाललाई नयाँ सन्देश दिंदै यस्तो रिसोर्ट संचालन गरेका हौं ।’ देशमा पटक पटक हुने गरेको उर्जा संकट र लोड सेडिङको मार खेपेका देशका अधिकाश होटल तथा रेष्टुरेण्टहरुको माझमा पोखरामा एउटा उदाहरणीय रिसोर्ट संचालनमा आएको उनले दाबी गरे । करिब ५० रोपनी क्षेत्रफलमा फैलिएकोे रिसोर्ट पोखरा एयरपोर्ट देखि दक्षिण पश्चिम ६ किलोमिटरको दुरिमा पर्दछ भने रिसोर्टमा १५ वटा छुट्टा छुट्टै भिला रहेका छन । भिला परिवार सहित बस्नका लागी छुटै व्यवस्था समेत रहेको छ । अहिले एक भिलाको एक रातको २ सय ५० डलर रहेको छ । दुई वर्ष भन्दा बढि समय लगाएर निमार्ण भएको रिसोर्टमा अधिकाशं परम्परागत शैलिमा निमार्ण भएको छ भने विद्युत र खान पकाउने एलपी ग्याँसको विकल्पमा सौर्य उर्जा र वायो ग्याँसलाई अधिक प्रयोग गरिएको छ । पोखरा क्षेत्रमा आउने गुणस्तरीय पर्यटकहरुलाई लक्षित हुने गरी शान्त रहेको सो क्षेत्रमा आफूले रिसोर्ट संचालन गरेको बताएका मेक्लागनले रिसोर्टबाट आम्दानीको ५० प्रतिशत सामाजिक क्षेत्रमै लगानी गरेका छन् । उनले भने ‘हामी नाङ्गै आएको हो, नाङगै जाने हो, जहाँ जे जसरी बस्छौं त्यही अबस्थामा आफूले सकेको मावनीय सेवा गर्न शिक्षा, स्वास्थ्यमा खर्च गर्छौं ।





Post a Comment

 
Top