सरकार र मधेशी मोर्चाबीचको वार्ता सकारात्मक भएको भनिरहँदा मधेश थप अशान्त देखिएको छ । खासगरी सरकारले वीरगञ्ज नाका खुलाउने क्रममा भएको झडपमा एकजनाको ज्यान गएपछि मधेशी मोर्चा थप आक्रोशित देखिएको छ । यसअघि झण्डै ४५ जनाको ज्यान जाँदा पनि वार्ता नछाडेको मधेशी मार्चाले थप एकजनाको ज्यान गएपछि बढी आक्रोश पोखेको छ र वार्ता भंग गर्ने चेतावनीसमेत दिएको छ । मधेशी मोर्चाको बिरोध प्रदर्शनमा सहभागी एकजना भारतीय नागरिक मारिएपछि मधेशी दलहरु बढी आक्रोशमा देखिएका छन् । त्यसो त मधेश आन्दोलनलाई सहयोग गरेको आरोप खेपिरहेको र नाकाबन्द गरेर नेपाली जनतालाई सास्ती दिइरहेको भारतले पनि तत्काल विज्ञप्ति जारी गरी यो घटनाप्रति विशेष चासो व्यक्त गरेको छ । कुनै पनि व्यक्ति मारिनु दुःखद् घटना हो । यही कारण वार्ता नै भंग हुने स्थिति त अझ आउनै दिनुहुादैन, संगसंगै नेपालका मधेशी नागरिकले चलाइरहेको आन्दोलनमा भारतको प्रत्यक्ष सहभागिता देखिनु र आन्दोलनमा उत्रेका भारतीय नागरिकको ज्यानसमेत जानुले निकै खतराको संकेत गरिरहेको छ । सीमा क्षेत्रमा भइरहेको तनावप्रति भारतको चिन्तालाई स्वाभाविक मान्ने हो भने पनि नेपालभित्र भइरहेको आन्दोलनमा भारतीय नागरिकको सहभागिता देखिनुले स्थिति थप असहज बन्दै जाने देखिन्छ । त्यसैले मधेशी मोर्चासंगको वार्तालाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्रुयाएर भारतीय हस्तक्षेप बढ्दै जाने वातावरण न्यून गर्नु नै अहिलेको बुद्धिमानी हुनेछ । पटक–पटक सरकार र मधेशी मोर्चाबीच वार्ता भए पनि खास एजेण्डामा प्रवेश नै गर्न सकेको थिएन । मधेशी मोर्चाले बढी उठाउँदै आएको एजेण्डा सीमांकनको हो, जसमा अहिलेसम्म छलफल नै हुन सकेको थिएन । अस्ति आइतवार मात्र दुबै पक्षबीच यो विषयमा छलफल शुरु भएपछि वार्ता सकारात्मक दिशामा अघि बढेको दुबै पक्षका वार्ताकारहरुले बताएका थिए । यसर्थ वार्ता निष्कर्षमा पुग्ने अपेक्षा भइरहेको बेला पुनः असहजता थपिएको छ । भारतीय पक्षकै आग्रहमा नेपालको सीमाक्षेत्रमा रोकिएका गाडी भारततर्फ पार गराउनका लागि नाकामा प्रहरी परिचालन हुादा झडप हुन पुग्यो र एकजना आन्दोलनकारी (भारतीय नागरिक) को ज्यानसमेत गयो । यसमा खासगरी भारतीय पक्षको चलाखी नेपालले बुझ्न नसक्दा यो घटना भएको देखिन्छ । एकातिर वीरगञ्ज नाका खुलाउन आग्रह गरेर भारतीय अधिकारीहरुले नेपालमा रोकिएका आफ्ना गाडी पार गराउने र अर्को्तिर मधेशी आन्दोलनकारीलाई अवरोधका लागि उक्साउने र आफ्ना नागारिक समेत त्यसमा सहभागी गराउने दोहोरो चालबाजी गरेको देखिन्छ । यसबाट अलपत्र परेका आफ्ना गाडी लैजाने र नाकामा तनाव कायम भएको देखाएर नाकाबन्दी कडा बनाउने योजना लुकेको नेपाल पक्षले बुझ्न सकेन । बरु भारतीय गाडीलाई सीमा पार गराउन बल प्रयोगसमेत गर्दा भारतले चाहेजस्तो स्थिति बन्न पुगेको छ । संभव हुन्छ भने सबै नाकाहरु खुलाउने प्रयास सरकारले गर्नुपर्छ, अन्यथा केही दिन पर्खेर भए पनि जारी वार्ता प्रक्रियालाई टुंगोमा पुर्रुयाउनेतिर लाग्नुपर्छ । सकारात्मक भनिएको वार्ता पनि भंग हुने र नाका सुचारु पनि नहुने हो भने यसले नेपाललाई घाटा हुने देखिन्छ । मधेश आन्दोलन भूराजनीतिक चपेटामा परिसकेको छ । मधेशी दलका एजेण्डाहरु भारतले अपहरण गरेर आफ्नो भू–राजनीतिक स्वार्थअनुसार प्रयोग गरिरहेको अब कसैबाट छिपेको छैन । आम नेपाली जनताले जसरी नाकाबन्दीको सास्ती खेपिरहेका छन्, त्यसैगरी भारतीय अत्याचारको पनि प्रत्यक्ष अनुभव गरिरहेका छन् । अब यो सवाल दिनको घामजत्तिकै छर्लङ्ग भइसकेपछि मधेश आन्दोलनलाई जतिसक्यो चाँडो अन्त्य गर्नेतिर सरकार र प्रमुख दलहरु लाग्नुपर्छ । देशभित्रका सबै दलहरुसंग परामर्श गरेर मधेशी दलहरुले उठाउँदै आएको सीमांकनका मुद्दामा कहाँ कति सकिन्छ, लचकता प्रस्तुत गर्न जरुरी छ । मधेशीसंगै थारु र मगर समुदायले समेत सीमांकनमै असहमति व्यक्त गरिरहेको सन्दर्भमा सबै पक्षलाई सम्बोधन गर्न कुन विधि अपनाउन सकिन्छ, त्यसका लागि गहिरो गृहकार्य आवश्यक छ । अब पनि मधेश आन्दोलनलाई लम्बिन दिनु भनेको देशको सार्वभौमिकतामाथि थप खतरा बढाउनु हो । आन्दोलनरत मधेशी दल र तिनका नेताहरु के चाहन्छन् र कहााबाट सञ्चालित छन् भन्ने त धेरैले थाहा पाइसकेका छन् । तर त्यहाँभित्र पनि देशको माया गर्नेहरु नभएका होइनन् । उनीहरु देशप्रति गम्भीर र संवेदनशील भएर वार्तालाई निष्कर्षमा पु¥याएर आन्दोलनको सुरक्षित अवतरणका लागि तयार हुनुपर्छ
Subscribe to:
Post Comments (Atom)
Post a Comment