गोल्डेन न्यूज संवाददाता
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हुने क्षेत्रीय प्रतियोगिताको लागि कास्की जिल्ला खेलकुद विकास समितिले शुक्रबार बक्सिङक र ह्याण्डबल खेलका खेलाडी छनोट कार्यक्रम सम्पन्न गरेको छ । छनोट अन्र्तगत शुक्रबार भएको बक्सिङको प्रतिस्पधामा अर्जुन गुरुङ, अजय मानन्धर, दिनेश बानियाँ, गणेश सुनार,अमृत सुनार, अमृत गुरुङ र आशिष गुरुङ छनोट भए । प्रतिस्पर्धामा लाइट ४६ देखि ४९ केजी तौलमा अर्जुन गुरुङले विशाल गौतमलाई पराजित गरे भने ४९ देखि ५२ केजी तौलमा अजय मानन्धरले मुक्त्तिराज खड्कलाई पराजित गरे ।
त्यस्तै ५६ देखि ६० केजीमा गणेश सुनुवार बाई पाएर सिधै छनोटमा परे भने ६० देखि ६४ केजीमा अमृत गुरुङले विशाल बस्नेतलाई पराजित गरे । यता ६४ देखि ६९ केजी तौल समूहमा सूर्य पुन वाकओभर पाउदै फाइनल प्रवेश गरे भने ५६ देखि ६० केजीमा मनिस खड्काले रोशन लामालाई पराजित गदै फाइनल प्रवेश गरे । ७५ देखि ९१ केजी तौलमा मधुसुदन श्रेष्ठ, दिपक परियार र सिधै छनोट भए । यसअधि बक्सिङ खेलको छनोट कार्यक्रमको उद्घाटन कास्कीका स्थानिय विकास अधिकारी रामचन्द्र तिवारीले गरेका थिए । छनोट कार्यक्रम कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने संचालन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।
त्यस्तै शुक्रबारै कास्कीबाट ह्याण्डबल खेलका खेलाडीहरु छनोट भएका छन् । छनोट हुनेहरुमा विशाल नेपाली, चन्द्र केसी, सन्दिप खड्का, दिनेश श्रेष्ठ, विमल थापा, प्रेमबहादुर गुरुङ, गौबहादुर पुन, विश्वास गुरुङ, विमल अधिकारी, मासु गुरुङ, शरण थापा, वीरबहादुर गुरुङ छनोट भएका छन भने बैकल्पिकका रुपमा टिकाराम गुरुङ र विनोद गुरुङ छनोट भएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।
छनोट भएका खेलाडीहरुले अव क्षेत्रीय छनोटमा सहभागी हुने छन् । क्षेत्रीय प्रतियोगितामा छनोट हुन सफल खेलाडीले सातौं खेलकुद प्रतियोगितामा सहभागीता जनाउने छन् । राष्ट्रिय प्रतियोगितामा सहभागी ३५ खेल मध्य कास्कीले कुस्ती बाहेक ३४ खेलमा सहभागीता जनाउने छ । जिल्लामा छनोटमा विजेता खेलाडीले क्षेत्रीय छनोटमा सहभागीता जनाउन पाउने छन् ।
Post a Comment