0
गोल्डेन न्यूज संवाददाता 
स्याङ्जाको पर्यटकीय ठाउँ स्वरेकमा एम्बुलेन्स सञ्चालनको लागि शुरु गरिएको अभियानमा चौतर्फी सहयोग जुट्दै गएको छ । नमुना स्वरेक सामाजिक कोष द्धारा सञ्चालन गरेको अक्षयकोष निर्माण अभियानमा स्वरेक घर भई विदेशमा रहने हुन वा छिमेकी गाविसका युवाहरु सवैले सक्दो सहयोग गरिरहेका छन् । यसैबीच स्वरेक वडा नं. ९ चापपानी घर भई हाल अफगानिस्थानमा कार्यरत सोभित मल्ले नगद ५० हजार सहयोग गर्ने घोषणा गरेको अभियानका सह संयोजक जिबन पौडेलले जानकारी दिए । मल्लले  अभियानको सफलताको कामना गर्दे सहयोग गर्ने घोषणा गरेको पौडेलले बताए । यस्तै स्वरेक वडा नं. ३ जुवान खोला गिरबासे घर भई हालओमनमा कार्यरत अभियानका ओमन संयोजक समेत रहेका नारायाण पंगेनीले २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको  अभियानका संयोज भेषराज पराजुलीले बताए । अभियानमा स्वरेक ४ धनपुरे घर भई हाल मलेसीयामा कार्यरत अभियानका मलेसीया संयोजक हरि प्रसाद पराजुलीले १५ हजार सहयोग गर्ने घोषणा गरेका छन् । उनीहरुले गरेको सहयोग संगै अक्षयकोषमा घोषणा गरेको रकम ७ लाख ३१ हजार पुगेको छ । अभियानका संयोजक भेषराज पराजुलीले २० लाखको अक्षयकोष निर्माण गरेर स्वरेकमा एम्बुलेन्स सञ्चालन गर्ने सोचका साथ शुरु गरिएको अभियानमा सवैको साथ र सहयोग मिल्दै गएको बताएका छन् । स्वरेकको महत्वपूर्ण अभियान भएकोले यो बेला कस्ले के गरेको छ भन्दा पनि हामी के गर्न सक्छौं भनेर लाग्ने बेला भएको बताए । स्वरेक साहसिक प्याराग्लाइडिङ तथा धार्मिक क्षेत्रको रुपमा पनि प्रख्यात  छ । स्वरेक उत्पादनको हिसावले पनि स्याङजाको मत्वपूर्ण ठाँउको रुपमा आफूलाई चिनाउन सफल भएको बताउदै स्वरेकमा एम्बुलेन्स सञ्चालन पनि एक नमुना कार्य हुने आफूहरुको ठहर रहेको पराजुलीले बताए । एम्बुलेन्स खरिद गर्नु मात्रै नभएर एम्ुबलेन्स लाई दिगो रुपमा सञ्चालन गर्नको लागि अक्षयकोषको ब्याजबाट पनि सहयोग पुगोस भन्ने उद्देश्यले अक्षयकोष केही बृद्धि गर्न खोजेको पत्रकार एवं अभियानका प्रचार प्रसार संयोजक घनश्याम पाण्डेय बताए । पाण्डेयले आफूहरुले स्वरेकमा गुड्ने एम्बुलेन्स देशकै लागि उदारणीय हुने तरिकाले सञ्चालन गर्ने सोच रहेको बताए ।









Post a Comment

 
Top