भारतीय नाकावन्दीको शिकार बनेका नेपाली जनता, सरकार र आन्दोलनकारी मधेसी मोर्चा बीच कहिले वार्ता होला र जनजीवन सहजहोला भनेर प्रतिक्षारत छन । दशंै, तिहार लगतै सहज हुन्छ कि भन्ने आशाआशैमा वसेका छन् जनता अव छठपछि सहज हुन्छ कि भन्नेमा आशावादी छन् । तर आईतवार मात्रै देशवासीको नाममा आएको प्रधानमन्त्री केपी ओलीको सम्बोधनले यो अवस्था अझ केही समय थपिने संकेत देखाएको छ । मुलुकको असहज परिस्थिति लम्बिरहदा कृषि क्षेत्रले व्यहोर्नुपरेको असरको मूल्यांकन भने कतैबाट पनि गरिएको छैन् । वास्तवमा अहिलेकै अवस्था थप केही समय निरन्तर रह्यो र किसानले समयमै निकास पाएनन् भने नेपाल झनै ठूलो विपत्तिमा पर्ने र परनिर्भरताको पारो ह्वात्तै बढ्ने निश्चितप्राय छ । यसतर्फ जिम्मेवार सरोकारवालाको ध्यान पुग्न सकेको छैन् । एकतातिर आलु, प्याज र कागती जस्ता उत्पादनमा पनि भारतको नै भर पर्नु अवस्था छ भने अर्काेतिर केरा लगायतका खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन सक्ने सकारात्मक अवस्था तथ्यांकले देखाएको छ । तर किसानले उत्पादन गरेका केराले बजार नपाएर खेर जान लागेका समाचार सार्वजानिक भएका छन । केरा उत्पादन (बोटबाट काटे) पछि धेरै दिन राख्न नमिल्ने भएकाले समयमा नै बजारमा पुराउनु पर्दछ । तराईका पुर्वदेखि पश्चिमसम्मका जिल्लाहरुमा उत्पादन हुने केराले मुलुकलाई थेग्न सक्ने अवस्था छ तर बजारीकरणको समस्या छ । केराको बजारीकरण त पाटो मात्रै हो । अहिलेको अवस्थाका कारण दुग्घ तथा पशु पालक किसानहरु पनि त्यत्तिकै मर्कामा छन् । प्रकाशित समाचार अनुसार केही दिन अघिदेखि विराटनगरको दुग्ध वितरण आयोजनाले किसानसँग दूध खरिद गर्न छाडेको छ । चितवनका कुखुरापालक किसान कुखुरा उत्पादन गर्न नसक्ने भएपछि चल्ला नष्ट गर्दै छन् । गहुँ र तोरी लगाउने समयमा मलको अभाव छ । नाकावन्दीको मारमा उखु लगायत अन्य स–साना उद्योग पनि परेका छन् । धान किसानका समस्या पनि उस्तै छन । यसरी कुषिप्रधान मुलकको कृषि क्षेत्रका सवै पक्ष अस्तब्यस्त अवस्थामा रहेका छन् । मधेस आन्दोलनले आन्तरिक रूपमा बजारसँग किसानको सम्बन्ध विच्छेद गरिदिएको छ । त्यसमाथि भारतीय नाकाबन्दीले अवस्थालाई झनै भयावह बनाइदिएको छ । अव कृषि क्षेत्रको सवलीकरणका लागि बन्द र आन्दोलनको प्रभाव कम हुने र किसानलाई उत्पादनका लागि चाहिने मल, बिउ पुग्न सक्ने र उत्पादित वस्तुलाई बजारसम्म पुराउन सकिने अवस्थाको निर्माण गर्नुपर्दछ । अहिलेको एउटा सिजनमा खेती कम लगाइयो र उत्पादित वस्तु बजारसम्म पुराउन सकिएन भने किसानको जीवन चौपट बन्छ । यस्तो अवस्थामा भरखरै फस्टाउन थालको आधुनिक कृषि व्यवसायबाटै किसान पलायन हुने सम्भावना बढि रहन्छ । यसो भयो भने नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदानमा कमी आउनेछ । अहिले डेढ खर्बको कृषिजन्य वस्तुको आयात गरेर धानिएको नेपाली जीवनमा नयाँ संकट थपियो भने नेपाल झनै बढी परनिर्भर बन्ने निश्चित छ । त्यसो भएकाले किसानका समस्या हल गर्ने र कृषि क्षेत्रको प्रवद्र्धनका लागि सरकारले समयमा नै उचित ध्यान दिन जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment