नेपालमा जारी संविधान २०७२ पछिको अवस्था र मधेश आन्दोलनको नियतिले आज समग्र राष्टको अर्थतन्त्र ध्वस्त हुँदै गएको छ भने दैनिक उपभोग्य सामानदेखि औषधि इन्धन ग्यास लगायतको अभावमा आम जनताको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । संसारको २९ औ संघीय राज्यको रुपमा स्थापित हुन लागेको हाम्रो मुलुकमा संघीय संविधान जारी हुनु केही दिन अगाडिदेखि सीमानाको सवाललाई लिएर तराइ मधेशमा बस्ने केही मधेशवादी हौ भन्ने व्यक्तिहरुले सञ्चालन गरेको आन्दोलन तीन महिना नाघिसकेको छ भने सोही आन्दोलनलाइ राज्यपक्षले बेवास्ता गरेको भनेर देशको अन्तर्राष्ट्रिय सीमानाका नजिकको दशगजा क्षेत्रमा बसेर धर्ना दिएको पनि २ महिना हुन लाग्यो । यो बीचमा मधेश र पहाडको मात्र कुरा हैन सिंगो मुलुकलाई नै ध्वंश बनाउने, असफल राष्ट्र बनाउन उद्यत हुने मधेशका मसियाहरुलाई छिमेकी राष्ट्रको प्रत्यक्ष सहयोग रहेको तथ्यहरु सबैका सामु छर्लङ्ग भैसकेको छ ।
नेपालको सीमाक्षेत्र तीनतर्फ भारतवेष्ठिक छ भने एकतर्फ हिमालय पर्बत श्रृंखला र तिब्बत छ तर तिब्बत हुँदै चीनको सीमा नाकामा अन्तर्राष्ट्रिय नियम कानुन अनुसार प्रवेश गर्नुपर्ने ब्यबस्था हुनु र समथर भूमि तीनतर्फ घेरिएको मधेश क्षेत्र संबेदनशील हँुदाहँुदै पनि खुल्ला राखिएको र नेपाल–भारत बीच रोटी र बेटीको सम्बन्ध सदिऔं पुरानो र परम्परा भएको भन्ने मान्यतामा निर्बाध आवत–जावत भएको अवस्थाले गर्दा नेपालको औसत जनसख्या भन्दा तेब्बर भारतीय नागरिकहरु ब्यापार ब्यबसायको नाममा नेपालमा आएर बसोबास गर्न सहज भयो जसले आज खुटटाको कुर्कुच्चा टेकेर पैतालो रिगाउने उद्देश्य लिएर नेपाल प्रबेश गरेको जस्तै क्रमशः आप्mनो घनत्वको हिसाबमा संगठित हँुदै राजनीतिक अधिकारका लागि अगाडि बढेको अवस्था हो ।
यसो त २००७ सालमा राणा शासकहरुबाट राजपरिवार भारतको दिल्लीमा शरण लिन गएदेखि देशमा कुनैपनि राजनीतिक, आर्थिक वा सामाजिक सांस्कृतिक परिवर्तनमा वा आन्दोलनबाट आप्mनो हठ पुरा गराउनका लागि दिल्लीको शरणमा जाने परम्पराको परिणाम आजको यो अलस्था हो । इतिहास साक्षी छ, आज जो सत्तामा रहे भएपनि विगतमा राज्य सञ्चालकहरुद्वारा अपनाइएका राष्ट हित बिपरीतका कदम र देशको सीमाक्षेत्रको संबेदनशिलतालाई अन्तर्राष्ट्रिय कानुन अनुसार नगरी सार्बभौमसत्तालाई कमजोर बनाउने काम भएकोले समयमा नै राज्य सचेत नहँुदाको परिणाम आज हामीले यो दूर्दशा भोग्नुपरेको छ । हाम्रो देश मात्र यस्तो देश हो जहा ६५ बर्षको अवधिमा ७ वटा संविधान बनेका छन् र यी सात वटा संविधान बनाउने नाममा विदेशी तथा भारतीय हित र स्वार्थमा कति आन्दोलनहरु भए कति सशस्त्र बिद्रोह समेत भए तर जनताको नाममा भए गरिएका ती बिद्रोह र आन्दोलनहरुमा हामी आम नागरीकको हित र स्वार्थ भन्दा भारतीय स्वार्थको परिधिभित्र रहेर भएका थिए र यतिबेला पनि मधेशी मसियाहरुले त्यही सिको गरेको यथार्थतालाई अबको पुस्ताले भण्डाफोर गर्नेपर्छ ।
संबिधान गतिशील दस्ताबेज हो तापनि सबै जसो अधिकार स्थापित भैसकेका छन् मात्र केही जिल्लाको सीमाङ्कनलाई इस्यु बनाएर सारा राष्ट्रलाई नै असफलता तर्फ धकेलेर ध्वंस गर्ने नियतबाट सञ्चालित मधेश आन्दोलनलाइ कुनैपनि रुपमा स्वीकार गर्न सकिने अबस्था छैन तथापि अधिकार माग्ने वा खोज्ने बहानामा राष्ट्रको सीमाक्षेत्र त नाघेकै थिए आन्दोलनको सीमा र आफू पनि यो देशको नागरिक भएकोले आप्mना पनि केही कर्तब्यहरु हुन्छन भन्ने कुराको ख्याल नगरी गरिएको नाकाबन्दले जनताले जुन शास्ती पाएका छन दशगजामा बसेर आन्दोलन हाक्ने, अबसर पाए देशै हाक्ने नेताहरुले आप्mनो कर्तब्य र राष्ट्रको स्वाभीमानलाई भुलेर देशलाइ नै भड्खालोमा हाल्नेकाम जो भएको छ यसले भोलीको भबिष्य थप अन्धकारमय बनाएको छ । अब नयाँ नेपाल निर्माणको यो अभियान संघीयता नै अफाब र असान्दर्भिक भएको पो हो की भन्ने अबस्था देखिएको छ ।
आन्दोलनकारी मोर्चाहरुसँग पटक–पटकका वार्ताहरुमा एउटै कुरा दोहो¥याउनु र सीमानाको बटमलाइन जनसख्याको बटम लाइन जस्ता बिषयको मध्यबिन्दु खोज्नु र देश र जनता त आप्mनै हुन जनताको अधिकार कहा खोसिएको छ वा समग्रतामा सबैलाइ मान्य हुने विकल्प के हुन्छ भन्नेतर्फ चिन्तन मनन गर्न नखोज्ने नगर्ने किनकी भारतीय राजदूताबास मा विगतमा गरेको सहमति हुबहु संविधानमा उल्लेख हुनुपर्छ वा संशोधन गरिनुपर्छ भन्ने बिषयले मधेशी नेताहरुलाई नेपाल र नेपालीप्रतिको दायित्वबोध छैन भन्ने प्रष्ट गर्दछ । तर सत्तामा बसेपछि सबै घुम्ने मेचमाथिको अन्धो मान्छे नै हुँदा रहेछन कि कुन्नी, समस्या एकातर्फ छ विकल्पको औषधि अस्थायी प्रकृतिको खोजिन्छ जसले गर्दा कहिल्यै पनि समस्याको निराकरण हँुदै हँुदैन र पटक–पटक खिल बनेर बल्झिरहन्छ जुन बिगतमा गरिएको अदूरदर्शी सहमतिको परिणाम महिनौं नाकाबन्दीको सकस ब्यहोर्नु परेको छ । अब यी आन्दोलनकारीहरु यै देशका नागरिक हुन भने राष्ट्रका लागि त्याग र बलिदानी स्वरुप जनतामा परेको सकस समाधान तर्फ लाग्छन होइन यिनीहरु भारतकै भतुवा हुन र जनताप्रतिको दायित्व र जिम्मेवारीलाई गौण ठान्छन भने हामी सबै बीरगञ्ज जाआंै आन्दोलन शुरु गरौं र छिटो मुलुकमा वार कि पारको अबस्था सृजना गरांै ।
अब सहेर बस्ने सीमा नाघिसकेको छ । औषधि पनि खान नपाउने हामी निरीह जनताले कस्को अधिकार खोसेका छौं ? किन विदेशबाट आएका औषधिका गाडीहरु पनि प्रबेश गर्न नसक्ने अबस्थाको सृजना भैरहेको छ देशमा । इन्धन र खाद्यान्न समेतको चरम अभावमा आम नागरिकहरु कतिञ्जेल चुप लागेर बस्ने हो आत्मनिर्भर हुने भन्ने कुरा आजको आजै बोल्दा–बोल्दै हुने होइन आत्मनिर्भर हुने बेलासम्म त बाँच्नु प¥यो कि परेन ०४६ सालदेखी राजनीतिको अग्रभूमिकामा रहेका नेताहरुले पञ्चायतकालमा स्थापना गरिएका सबै उद्योग धन्दाहरु लिलाम गरेर युवा जनशक्तिलाई अरबको खाडीमा पु¥याएको सम्भिंmदा हाम्रै नेताहरुको विकल्प खोज्नुपर्ने बेला भएको छ अझैपनि ति नेताहरुलाई देशको यो दुर्दशा हामीले बनाएको हो भन्नेमा आत्मग्लानी पटक्कै छैन अनि फेरि यतिबेला भन्छन् अब आत्म निर्भर हुनुपर्छ कस्तो बिडम्बनाका बीच हामीले हाम्रा नेताहरुलाई जे गरेपनि चुपचाप बसेको परिणति आज हामीले भोगेका छौं जति अभाब र उत्पिडन छ हामीलाई मात्रै छ नेताका चुल्हा जलेकै छन, उपचार विदेशमा गएर गराएकै छन् पहँुचवालाहरुलाई के–को अभाव छ र हामी सर्बसाधारण र निरीह जनतालाई पो मधेश आन्दोलनले सकस पारेको छ । यसर्थ अब हामी बीरगञ्ज जाऔं अभियान आन्दोलन शुरु गरौं ।
Post a Comment