0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा समर्पण र डल्फिनको संयुक्त आयोजनामा एक दिने मधुमेह सचेतना शिविर शनिबार पोखरामा सम्पन्न भएको छ। एरिया वेल्फेयर सेन्टर रामघाट–१० पोखरामा सञ्चालित उक्त शिविरबाट क्लबका पदाधिकारी, स्थानीय वासिन्दा र सेन्टरका कर्मचारीहरुको खालीपेट र खानापछि दुवै चरणको मधुमेह परिक्षण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पिएमजेएफ पूर्व डिष्ट्रिक्ट गभर्नर योगन्द्र प्रधानले व्यवस्थापन पक्ष उत्तम रहयो भने नेपाललाई नै स्वर्ग बनाउन सकिने बताए। अतिथि प्रधानले जुनसुकै संघसंगठन, पेशा व्यवसाय सञ्चालन गर्दा अनुशासनमा रहयो भने त्यसले उच्चतम प्रतिफल दिने धारणा व्यक्त गरे। लायन्स क्लब अफ पोखरा डल्फिनका अध्यक्ष गोविन्द शाहीले मधुमेहको निधानका लागि पहिला आफै सचेत रहनुपर्ने बताए।उनले समर्पणको स्नेहमा आफ्नो क्लबलाई पनि राम्रा कार्यहरुमा सहभागिता जनाउने अवसर दिएकोमा आभार व्यक्त गरे।
 
अध्यक्षको आसनबाट बोल्दै आभा जोशीले २०१५ मा ३७ करोड व्यक्तिलाई मधुमेह देखिएको र २०३० मा यही रुपमा यसलाई छोड्ने हो भने त्यसको संख्या ५५ करोड पुग्ने विभिन्न तथ्याङ्कहरुले देखाएकाले समयमै सचेत गराउनका लागि यस्ता सचेतना कार्यक्रमहरु गर्ने गरिएको बताइन्। एरिया वेल्फेयर सेन्टरका मेडिकल अफिसर लप्टन ठाकुर सिं गुरुङले असहज परिस्थितिको अवस्थामा पनि सेन्टरमा आएर यस्तो सुन्दर कार्यक्रमको संयोजन गरेकोमा आभार व्यक्त गरे। कार्यक्रममा सेन्टरका डाक्टर सतिश गुरुङले मधुमेह लाग्नु भन्दा अगाडिदेखि त्यसको निधानसम्मका लागि के कसरी सचेत रहन सकिन्छ भन्ने बारेमा प्रोजेक्टरको माध्यमबाट सर्वसाधारण सबैले बुझन्े गरी सचेतना गराएका थिए । कार्यक्रममा डल्फिन क्लबका तीलकबहादुर गुरुङले ध्वजाको अभिवादन राखेको कार्यक्रमको सञ्चालन सविच मिना लाभाजुले गरेकी थिइन्।

Post a Comment

 
Top