गोल्डेन न्यूज संवाददाता
कलाकार र बुद्धिजीवि बीच पोखरा रंगशालामा भएको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । एचआईभी एड्स संक्रमितहरुको सहयोगार्थ भएको उक्त प्रतियोगितामा दुवै तर्फबाट ३–३ गोल भए पछी बराबरीमा सम्पन्न भएको हो । नृत्य निर्देशक शकर बिसि पोखरा रंगशाला को मैदानमा नायक बने । आज करिब २५ भन्दा बढी राष्ट्रिय कलाकार हरु सहित कास्की का बुद्धिजीविहरु बीच भएको मैत्रीपूर्ण फुटबलमा उनी एक्लै ले ३ गोल गरे ।
धिरेन शाक्यको कप्तानीमा कलाकारहरु का तर्फबाट शिव श्रेष्ठ, झरना थापा, निखिल उप्रेती, दिपा श्री निरौला, सलोन बस्नेत, शंकर बिसि, प्रशान्त तामाङ, राजेन्द्र खडगी, सुनिल कुमार थापा, अर्जुन पोख्रेल, कमलकान्त मैनाली, सुदर्शन थापा, केशब भट्टराई लगाएतका कलाकारहरु मैदानमा उत्रिएका थिए । खेल २ बजेपछि सुरु हुने भनिएता पनि केही समय ढिला सुरु भएको थियो । बक्स अफिस फिल्मी क्लव, फेबा डुङ्गा व्यावसायी तथा कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको खेलमा कास्कीका बुद्धिजीविहरुले पनि कलाकारको पोष्टमा ३ गोल नै छिराएपछि खेल बराबरीमा सकियो । कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राईले सहभागी कलाकार तथा बुद्धिजीविहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । पहिलो पटक यति धेरै कलाकारहरुलाई देख्न पाउँदा पोख्रेलीहरु निकै खुशी देखिन्थे । कलाकारहरुलाइ आफ्ना दर्शकहरु संग फोटो खिच्न भ्याइ–नभ्याई भएको थियो ।
Post a Comment