0
गोल्डेन न्यूज संवाददाता
गायन तथा नृत्य प्रतियोगिता ‘सुर ताल’मा नृत्यतर्फ उत्कृष्ट १६ र गायनतर्फ उत्कृष्ट १७ प्रतिस्पर्धी छनौट भएका छन् । शुक्रबार भएको पछिल्लो अडिसनमार्फत उनीहरु अघिल्लो चरणको लागि छनौट भएका हुन् । गायनतर्फ २५ जना र नृत्य तर्फ २० जनाले शुक्रबारको अडिसनमा सहभागिता जनाएका थिए । शुक्रबार छनौट भएका प्रतिस्पर्धीहरु अघिल्लो चरण मंसिर ४ गते भिड्दैछन् । गायन तथा नृत्य प्रतियोगिता ‘सुर ताल’मा १० जिल्लाबाट करिब एक हजार जना प्रतिभाहरु मध्येबाट छानिएर उनीहरु यहाँसम्म आईपुगेका हुन् । शुक्रबार भएको अडिसनको क्रममा गायनतर्फ रामभक्त जोजिजु र योगेश काजी बिसी निर्णायक रहेका थिए । त्यस्तै नृत्यतर्फ गोरे गुरुङ र देवराज राई निर्णायक रहेका थिए । शुक्रबारको कार्यक्रममा नेपाली म्यूजिक भिडियोका मोडल तथा अभिनेता पल शाह विशेष आकर्षण रहेका थिए । उनले सुर तालमा सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सफलताको शुभकामना समेत दिएका थिए । प्रतियोगिताको आयोजक सुरताल कला केन्द्रका प्रशान्त सुनारले प्रतिस्पर्धा निकै पेचिलो बन्दै गएको बताए । साथै ग्राण्ड फिनालेको तयारीमा पनि कम्पनी लागिसकेको उनले जानकारी दिए ।  ग्राण्ड फिनालेभन्दा अगाडि अब दुई चरणका अडिसन हुने आयोजकले जनाएको छ । आयोजकले दिएको जानकारी अनुसार पुसको १८ गते प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ । प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ विजेता बन्नेलाई हार्टफोर्डको स्कुटर प्रदान गर्ने आयोजकले बताएको छ । त्यस्तै दुवै विधामा दोस्रो हुने प्रतियोगीलाई २० हजार रुपैयाँ नगद प्रदान गर्ने उसले जनाएको छ ।




Post a Comment

 
Top