0
गोल्डेन न्यूज संवाददाता
पोखराका न्यूरोडमा कायाकलप डाइट एण्ड स्लिमिङ क्लिनिक संचालनमा आएको छ । पोखरामा पहिलो पटक संचालनमा आएको क्लिनिकमा शुभारम्भको अवसर पारेर मोटोपनको निःशुल्क परीक्षण भइरहेको डाइटिसियन सुमन गुप्ताले बताइन । उनले क्लिनिकबाट हरेक रोगको उपचार थेरापिक डाइटबाट गराइने बताइन । करिब ३० लाखको लगानीमा संचालनमा आएको क्लिनिकमा ब्यालेन्स डाइटद्वरा डाईबेटिस तथा थाइराइड रोगको सफल उपचार, प्रत्येक रोगको पहिलो मूल कारण मोटोपनको उपचार १०० प्रतिशत ग्यारेण्टीका साथ २० दिनमा ५ देखि १० केजी तौल घटाइने, कुनैपनि साइड इफेक्ट रहित बिएमआइ हेरी अत्याधुनिक बडि एनलाइजर मेसिनद्धारा चेक गरी फ्याट र वाटर लेभल छुट्याई फ्याट घटाइने, बाथ रोगको लागि लिम्प थेरापिद्धारा सफल उपचार गरिने, एकै दिनमा अल्ट्रासोनिक युलिपो मेसिनद्वारा १.५ देखि ३ सि.एम सम्म मोटोपन घटाइने गुप्ताले बताइन । क्लिनिकबाट फिजियोथेरापीको अत्याधुनिक मेशिनबाट उपचार गरिने डाइटिसियन गुप्ताको भनाई छ । अहिलेको सन्दर्भमा विभिन्न ठाउँमा मोटोपन घटाउने विज्ञापनहरु आउने भएपनि डाइटिसियनद्वारा मोटोपन ग्यारेण्टीका साथ आफूहरुले घटाइने उनको भनाई रहेको छ ।



Post a Comment

 
Top