0
गोल्डेन न्यूज संवाददाता
पोखरा १० मंसिर ।
लायन्स क्लव ३२५ बी १ नेपालको रिजन ३ जोन ५ को दाश्रो एड्भाइजरी मिटिङ्ग पोखरामा सम्पन्न भयो । जोन बैठकमा लायन्स क्लब अफ पोखरा मिड टाउन, लायन्स क्लब अफ पोखरा ग्रिन टाउन, लायन्स क्लब अफ पोखरा भैरव, लायन्स क्लब अफ पोखरा शुक्ला गण्डकी टाउन र लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउन  गरी ५ वटा क्लबहरुको सहभागिता रहेको थिया ।
जोन चियर पर्सन मदन द्वाको अध्यक्षतामा भएको कार्यक्रममा होष्ट क्लवको रुपमा लायन्स क्लब अफ पोखरा मिड टाउन र लायन्स क्लब अफ पोखरा ग्रिन टाउन रहेका थिए । कार्यक्रममा सम्पूर्ण क्लवका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षहरुले आ–आफ्नो क्लवले गरेको कार्य प्रगति तथा भावी रणनीतिको बारेमा योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा को–जोन चेयर पर्सन सुरेश श्रेष्ठ, रिजन–३ को–अर्डिनेटर गौरव राज भण्डारी, एरिया को–ओडिनेटर तीर्थलाल श्रेष्ठ, एडभाइजर विमला श्रेष्ठ, दिनबन्दु पौड्याल, एम्वेष्टर अफ गभर्नर गोर्कण कार्कीका साथै सुचित्रा थापालगायतले लायन्सका नेतृत्वकर्ताहरुले क्लवहरुले गर्नुपर्ने दायित्व र भूमिका तथा अन्य गतिविधिका बारेमा विभिन्न् सुझाव दिएका थिए ।  त्यस अवसरमा लायन्स अफ पोखरा मिड टाउनका अध्यक्ष कृष्णराज पोख्रेलले धन्यावाद ज्ञापन गरेको लागन्स क्लव अफ पोखरा ग्रिन टाउनकी अध्यक्ष अम्विका शर्माले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन र

Post a Comment

 
Top