विश्वमा ४० बर्षमाथिका ४ जना मानिसमध्ये एक जनालाई मधुमेह भइरहेको चिकित्सकहरुले बताएका छन् । अन्तर्राष्ट्रिय मधुमेह संगठनका अनुसार सन् २०१२ मा विश्वभर मधुमेह रोगको कारणले ४८ लाख मानिसको मृत्यु भएको थियो भने ४.७१ खर्ब अमेरिकी डलर मधुमेह रोगको न्युनिकरणमा खर्च भएको थियो । पोखराको इन्द्रचोकमा रहेको आरोग्यधाम होमियोप्याथिक हस्पितल प्रालिका प्रवन्ध निर्देशक डा. विष्णु चापागाइँका अनुसार मधुमेह बढ्दै जादा आँखा, मृगौला, दिमाग, मुटु, नशालगायत शरीरका विभिन्न अंगहरुमा पनि थप समस्या बढ्दै जान्छ । स्वास्थ्यकर्मीहरुका अनुसार दैनिकरुपमा ३० मिनेट व्यायम गर्नाले मधुमेह रोग लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्नसक्छ । यो रोगबारे जनचेतना जगाउन सन् १९९१ देखि नै मधुमेह दिवस मनाउन थालिएपनि संयुक्त राष्ट्र संघले सन् २००७ देखि आधिकारिकरुपमा विश्वभरमा नै यो १४ नोभेम्बरलाई विश्वभर मधुमेह दिवसको रुपमा मनाउन थालेको हो । आज शनिबार पनि विश्वभर यो दिवस मनाइँदै छ । यसै सन्दर्भको अवसर पारि लायन्स क्लव अफ पोखरा पिस चौतारीले निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ । शिविर आरोग्यधाम होमियोप्याथिक हस्पिटल ईन्द्रचोकमा हुँदैछ । मधुमेह रोग सम्बन्धी अध्ययन र पुस्तक समेत प्रकाशन गरेका डा. चापागाँइले प्रस्तुत गरेको मधुमेह रोगसम्बन्धी प्रस्तुत गरेको जानकारी यहाँ प्रस्तुत छ ः
के हो मधुमेह रोग ?
मधुमेह लागेको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जांच गराई उपचार गराउनु पर्दछ । मधुमेहबाट बच्न नियमित व्यायाम, सन्तुलित आहार आदिमा ध्यान दिनुपर्दछ ।
परिचय ः मानिसको रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भई रगतजांच गराउदा चिनीको मात्रा चाहिने भन्दा बढी देखा पर्नुलाई मधुमेह रोग भनिन्छ । यो रोग सरुवा रोग होइन तर मानिसको आप्mनै खानपान र रहनसहनको कारणबाट देखापर्दछ । कुनै–कुनै प्रकारको मधुमेह वंशानुगत पनि हुन्छ ।
मधुमेहका किसिमहरु ः मधुमेह हुने प्रारम्भिककारणको आधारमा सामान्यतया यसलाई २ किसिममा विभाजन गरिएको छ ।
पहिलो किसिमको मधुमेह ः शरीरमा इन्सुलिनको उत्पादन अत्यन्त कमहुंदा रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई पहिलो किसिमको मधुमेह भनिन्छ । यस्ता बिरामीलाई बाँच्नको लागि नै इन्सुलिन चाहिने भएकाले यिनीहरु जीवनभर इन्सुलिनमा आश्रित हुन्छन् । जुनसुकै उमेरमा देखापर्न सक्ने भएतापनि यस्तो मुधमेह विशेष गरी बाल्यावस्था वा किशोरावस्थामा शुरु हुने र दुब्लापातला मानिसमा बढी देखिने गर्दछ ।
दोस्रो किसिमको मधुमेह ः शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई दोसा्रे किसिमको मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकता अनुसार खाने औषधि र कहिलेकाँही इन्सुलिनको पनि आवश्यकता पर्न सक्दछ । यस्तो मधुमेह सामान्यतया ४० बषको उमेरपछि प्रायः मोटाघाटा व्यक्तिहरुमा देखापरेको पाइन्छ ।
मधुमेह रोगका लक्षणहरु ः
–मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु ।
–पटक पटक पिसाब हुनु ।
–पिसाबको मात्रा धेरै हुनु ।
–राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु ।
–रुचि बढ्नु वा भोक धेरै लाग्नु ।
–बराबर घाउ खटिरा आउनु तर –समयमा निको नहुनु ।
–शरीर खास गरी गुप्ताङ्ग चिलाउनु ।
–दृष्टि धमिलो हुनु ।
–हातगोडा झमझमाउनु ।
उपरोक्त लक्षणहरु देखापरेमा बेलैमाजाच गराई उपचार प्रक्रिया सुरु गर्नुपर्दछ । रगतमा चिनी धेरै बढी वा धेरै कम हुँदा पनि मानिस बेहोस हुनक्छ । बेलैमा नियन्त्रणमा राख्न नसकेका खण्डमा मधुमेहले शरीरका अति महत्वपूर्ण अंगहरु जस्तै ः आँखा, मुटु, मृगौला, दिमाग र रगत तथा स्नायुकानसाहरुमा नराम्रो असर पु¥याई दीर्घकालीन रोगहरु निम्त्याउन सक्छ । तसर्थ मधुमेह रागको जाँच र उपचार बेलैमागर्नु आवश्यक हुन्छ ।
मधुमेहबाट बच्ने उपायहरु
१.शारीरीक रुपमा सक्रिय रहने । जस्तै ः हरेक दिन कम्तिमा ३० मिनेट जतिहल्कापसिनाआउने गरी हिंड्ने वा योगागर्ने वाकुनै न कुनै रुपमा शरीर सक्रिय हुने त्रियाकलाप गर्ने ।
२.उचाइ अनुसार तौल कायम राख्ने ।
३.प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने ।
४.चुरोट, बिंडी, सूर्ति, तमाखु, खैनी, जर्दा आदि सूर्तिजन्य पदार्थहरुको सेवन नगर्ने ।
५.चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्ने ।
६.छोरी, बुहारीलाई पौष्टिक आहार खुवाउने ।
७.बच्चालाई २ बर्षको उमेरसम्म स्तनपन गराउन प्रोत्साहित गर्ने ।
मधुमेहलाई कसरी नियन्त्रणमा राख्ने ?
मधुमेहको किसिम, बिरामीको अवस्थातथा दैनिक कामको प्रकृति आदिलाई ध्यानमा राखी यसको उपचार गरिने भएकाले मधुमेहका बिरामीहरु विज्ञ चिकित्सकको परामर्शमा रहनु जरुरी हुन्छ । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।
संयमित खानपान ः मधुमेह रोगीले आफ्नो खानाबारे थाहा पाइराख्नु पर्दछ । मधुमेह रोगीहरुले निम्न प्रकारका खानेकुरा खाए हुन्छ ।
१.कार्बोहाइड्रेटयुक्त खाना जस्तै ः भात, आलु कमखाने ।
२.चिल्लो वाबासो नभएको मासु खाने तर रातो मासु धेरै नखाने ।
३.अण्डा र ताजा माछा ठिक्क मात्रामा खाने ।
४.पर्याप्त ताजा सागसब्जी, बन्दा, काउली, काक्रो, भन्टा, साग, गोलभेडा, मुला, गाँजर प्याज र ताजा फलफूल खाने ।
५.अमिलो अचार खाने ।
६.झोल वा सुप खाने ।
७.नुुन कम खानु ।
८.चिनी कम भएको चिया वा कफी कम मात्रामा पिउन सकिन्छ ।
९.तरकारी बनाउन प्रयोग गरिने तोरी अथवा भटमासको तेल कम मात्रामा खान हुन्छ ।
१०.धेरै रेसादारयुक्त गहुं मकै । कादो, फपर जस्ता खाना चिनी रोगीहरुले खानु राम्रो हुन्छ । धानबाट तयार हुने भात, चिउरा आदिको सट्टा गहुँ, मकै जस्ता अन्य खानाहरुमा कार्बोहाइडेटको मात्रा तुलनात्मक रुपमा कम हुने हुँदा त्यसतर्पm ध्यान पु¥याउनु उचित हुन्छ । साथै दाल, साथ सब्जी, फलफूल खानु बढी लाभदायक हन्छ । भातखानै नहुने त होइन परन्तु कोदा,मकै आदिबाट निर्मित खानेकुरा ढिंडो, रोटीतर्फ ध्यान दिदा शरीरमा कार्बोहाइडेटको मात्रा केही कम भई रगतमा चिनीको मात्रा कमहुन सक्छ ।
निम्न प्रकारका खानाहरु खानु हुदैन वा कमखाने ः
१.चिनी र चिल्लो बोसायुक्त प्रशोधित खानेकुराहरु जस्तै ः चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यु, नौनी,बासो, तारेको वा भुटेको खाना ।
२.चुरोट, बिंडी, सुर्ति, तमाखु, खैनी, जर्दा आदि सुर्तिजन्य पदार्थहरु को सेवन नगर्ने ।
३.बियर, रक्सी जस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने ।
४.लामो समयसम्म भोकै नबस्ने ।
५.व्रत नबस्ने । यसो गर्दा रगतमा चिनीको मात्रा घट्न गई बिरामी बेहोस पनि हुनसक्छ ।
शारीरिक व्यायाम ः मधुमेहका बिरामी शारीरिक रुपमा सक्रिय रहनुपर्दछ । जस्तैः हरेक दिन कम्तिमा ३० मिनेटदेखि १ घण्टासम्म हल्का पसिना आउने गरी हिड्ने, खेतबारीमा हल्का काम गर्ने, साइकल चलाउने सामान्य खेलकुदमा सहभागी हुने, पौडी खेल्ने आदि जस्ता क्रियाकलाप नियमित रुपमा गर्दा मधुमेह नियन्त्रण हुने मात्र नभई तौल, उच्च रक्तचाप र रगतमा चिल्लोपना घट्न मद्दत पुग्छ ।
नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने ः
१.रगतमा सुगरको नियमित जाँचगर्ने ।
२.तौलको नियमित जाँचगर्ने ।
३.रक्तचापको नियमित जाँचगर्ने ।
४.कमसेकम वर्षको एकपल्ट अाँखाको नानी फुलाएर आखाको जाँचगर्ने ।
५.खुट्टाको नियमित जाँच (फुटेको, घाऊ, चोटपटक लागेको) गर्ने ।
६.वर्षको कमसेकम एकपल्ट पिसाबमा एल्बुमिन (बदिगmष्ल)एल्बुमिन छैन भने पिसाबमा माइक्रोएल्बुमिन
(mष्अचयबदिगmष्ल)को जाँच गर्ने ।
७.चिकित्सकको परामर्समा बर्षको २÷४ पल्ट रगतमा २÷३ महिनाको अन्तरमा सुगरको अवस्थाबारे जानकारी दिने न्थिअबतभमजबझयनयिदष्ल यच ज्दब्ज्ञऋ यच ब्ज्ञऋ को जाच गर्ने ।
८.कमसेकम बर्षको एकपल्ट रगतमा मृगौला सम्बन्धी परक्षण जस्तै ः युरिया(गचभब) र क्रिएटिनिन(अचभबतष्लष्लभ)को जाचगर्ने ।
९.कमसेकम बर्षको एकपल्ट रगतमा भएको बोसोको मात्राको जाच (ष्उिष्म उचयाष्भि)गर्ने ।
अन्य नियमित बाहेक चिकित्सकसंग सल्लाह गरी आवश्यक अन्यजाँचहरु गर्नुपर्छ । जस्तै ः मुटुको लागि भ्ऋन्, दाँतको जाँच आदि पनि गर्नु वेश हुन्छ ।
मधुमेहको उपचार ः
१.मधुमेहको उपचार लामो र केही जटिल भएकोले विज्ञ चिकित्सकको निरन्तर सम्पर्कमा रहनुपर्छ ।
२.मधुमेहका रोगीहरुलाई झाडा पखाला लागेर पुनजर्लीय उपचार गर्नुपरेमा ग्लुकोज रहित क्ष्ख् ागिष्म वा अन्य पुनजर्लीय झोल खानदिनु वेश हुन्छ ।
३.मधुमेहविरुद्धको चक्की औषधीले नियन्त्रण नभएमा चिकित्सकको सल्लाह अनुसार इन्सुलिन पनि दिनुपर्ने हुनसक्छ ।
रगतमा चिनीको मात्रा कम हुने अवस्था(ज्थउयनथिअझष्ब)
१. भर्खर जन्मेका बच्चाहरुमा, कुपोषित अवस्थामा, चिनी रोगको उपचार गराइरहेका व्यक्तिहरुमा, औलो ग्रसित बच्चाहरुमा आदि ।
२.थोरै खाएर यात्रा गर्नेहरुमा बढी हुने गर्दछ, त्यस्तै धेरै शारीरिक परिश्रम गर्ने, गर्मी ठाँउमा बस्ने, रक्सी खाने, तनावमा रहनेहरुलाई रगतमा चिनीको मात्रा कमहुन सक्दछ । तुरुन्त उपचार नपाएमा बिरामीको मृत्यु पनि हुन सक्दछ ।
रगतमा चिनीको मात्रा कम हुने लक्षणहरु र चिन्हहरु ः
१.धेरै भोकलाग्नु, झिझिनु, कम्पहुनु
२.रिगटा लाग्नु, मुर्छा पर्नु, पसिना आउनु
३.पेट दुख्नु, बान्ता हुनु
४.नवजात शिशुहरुमा मुर्छा पर्ने समेत हुन्छ ।
उपचार ः
१.नशाबाट वा मुखबाट ग्लुजको मात्रा पु¥याउने
२.चिकित्सकको सल्लाहमा औषधि वा इन्सुलिनको मात्रा थप गर्नुपर्ने हुन सक्छ ।
रगतमा चिनीको मात्रा बढी हुने अवस्था(ज्थउभचनथिअझष्ब)
यो अवस्था अनियन्त्रित मधुमेहमा भनिन्छ । साथै चिनी रोग लागेर संक्रमण भयो भने यो अझ जटिल बन्दछ ।
उपचार ः
१.प्रशस्त मात्रामा चिनी रहित झोलिलो पदार्थ दिने
२.नशा मार्फत् नर्मल सलाइनको सुई दिने,
४.क्ष्लकगष्लि को व्यवस्थागर्ने ।
३.यो अवस्था गर्भवती र प्रसव अवस्थामा बढी खतरनाक हुने हुँदा त्यसतर्फ ध्यानदिनु उचित हुन्छ ।

Post a Comment