0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ मिडिया हाउसको आयोजना र फोटो मण्डलको एसोसिएटी पामा लेखनाथमा पहिलो पटक भएको मिस क्वीन लेखनाथको उपाधि वेगनासतालकी सुलोचना श्रेष्ठले हात पारेकी छन् । अन्तिम प्रतिस्पर्धामा १४ जनालार्य पछि पार्दै उनले उपाधि हासिल गरेकी छन् । त्यसैगरी फस्ट रनर अपको उपाधि वुढिवजारकी कोपिला गुरुङ्गले उचालेकी छन् । साथै सेकेन्ड रनर अपमा भण्डारढिककी सलिना राणाले उपाधि हासिल गरेकी छन् । त्यसै गरी मस्ट भ्यसवर च्वासको सवटाइटल मनिषा सुवेदीले जितेकी छन् । पोखरा सभागृहको हलमा करिव १ हजार भन्दा वढी दर्शकका विचमा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी कर्मचार्य गु्रपका निर्देशक गोविन्द कर्माचार्यले लेखनाथको आर्थिक समाजिक, पर्यटन सँगसँगै फेशनको समेत विकास यस कार्यक्रममले शुरुवात गरेको वताए । साथै सोही कार्यक्रममा विशिष्ट अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले लेखनाथलाई राष्ट्रिय स्तरमा चिनाउनकालाई यो कार्यक्रमम अति उपयुक्त रहेको जानकारी दिए । लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक सन्दिप पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिन रानाभाट र स्विकृती पन्तले गरेकी थिए ।






Post a Comment

 
Top