0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेडी जेसीजको शनिबार भएको २२ औं शाखा अधिवेशन तथा २७औं बार्षिक साधारण सभाबाट १८ देखि ४० वर्ष भित्रका युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्दै सफल तथा असल नागरिक बनाउने अभियानमा लागेको पोखरा लेडि जेसीजमा सञ्चारकर्मी प्रमिला सुवेदी सर्बसम्मत रुपमा वर्ष सन् २०१६ का लागि अध्यक्ष पदमा निर्वाचित भएकी छन् । समाजमा शिक्षित र सहयोगी परिवारका लेडीहरु सहभागी भई प्रभावकारी तथा नयाँ सोच र शैलीबाट फरक ढङ्गले ‘स्वतन्त्रता र समानता आजको आवश्यकता’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै मातृशाखा पोखरा जेसिजको सामीप्यतामा रही पोखरा लेडी जेसीजले विगत देखि गदै आएको सामाजिक काम र सस्थाको गरिमालाई अझ उच्च र सम्मानित गराउने प्रतिवद्धता सहित आफ्ना कार्य योजनाहरु प्रस्तुत गरेकी थिइन् । सो अधिवेशनबाट सुवेदीको अध्यक्षमा २७ सदस्य कार्य समिति गठन गरिएको छ । सस्थाको कार्यकारी उपाध्यक्षमा सकुन्तला कोइराला, महासचिवमा रेनु थापा, कोषाध्यक्षमा शोभालक्ष्मी पौडेल, कानुनी सल्लाहकारमा सन्तु पौडेल, सहसचिवमा गायत्री फुयाल तथा उपाध्यक्षहरुमा लक्ष्मी सुवेदी, सन्जिता अधिकारी, सरिता थापा, निर्मल मल्ल सापकोटा निर्देशकहरुमा प्रभा सुवेदी, निर्मला गुरुङ सविता गौतम र मुना कोइराला रहेका छन् भने वृद्धि सभापतिमा शोभा घर्ती शुक्रबारसरिय प्रवचनमाला संयोजकमा लक्ष्मी पाण्डे, शाखा सम्पादकमा विनिता सापकोटा, तालिम आयुक्तमा सपना गिरी अर्थ संकलन सुधा थापा फेलोसिप प्रमोटरमा सुजता हमाल, अन्तर शाखा संयोजकमा सञ्चार कर्मी सिता बराल, एलबीएन सभापतिमा गिता पौडेल, पब्लिक रिलेशन अफिसरमा दिपा कोइराला, मिडिया रिलेशन अफिसरमा अनिता थापा प्रकरण निर्देशकमा शोभा भुजेल र अर्वाड प्रमोशन चियरमेनमा अमृता भट्राई रहेका छन् ।


Post a Comment

 
Top