गोल्डेन न्यूज संवाददाता
रामबजार क्षेत्रमा बजारको व्यवस्थापन सँगसँगै २०४३ सालमा रामबजारको पूर्वतर्फ श्रीकालिका मन्दिरको स्थापनाका साथ हरेक वर्ष शुभकामना, तीजेगीत प्रतियोगिता, बडादशैं फूलपाती शोभायात्राका साथ नेपालीको महान चाड तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रम मन्दिरको प्राङ्गणमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि रामबजार सोसाइटी युकेका उपमहासचिव मेख बहादुर गुरुङ्गले मन्दिरको घण्टी बजाई कार्यक्रमको उद्घाटन गर्दै पोखरा छुट्टी आएको समयमा आफ्ना अग्रजहरुलाई भेटी आशिर्वाद लिन पाएकोमा खुसी व्यक्त गर्दै रामबजार सोसाइटी युकेले यस क्षेत्रमा हुने सामाजिक कार्यलाई सहयोग गर्दै आइरहेको र आवश्यक परेमा पुनः सहयोग गर्न पहल गर्ने बताए ।
उक्त अवसरमा मन्दिर संचालनमा आर्थिक सहयोग गरेकोमा रामबजार सोसाइटी युकेका उपमहासचिव मेख बहादुर गुरुङ्गलाई दोसल्ला ओढाई फुलमालाले सम्मान गरिएको कार्यक्रममा साना साना बालबालिकाहरुबाट नृत्य समेत प्रस्तुत गरी स्वागत गरिएको थियो । कार्यक्रममा रामबजार सोसाइटी युकेका निवर्तमान अध्यक्ष रुपक गुरुङ्ग, महिला नगर समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्ग, टोलसुधार समिति रामबजारका अध्यक्ष सम्मरबहादुर श्रेष्ठ, श्रीकृष्ण मन्दिर संचालन समितिका अध्यक्ष ज्ञानबहादुर थापा, नयाँगाउँ टोलसुधार समितिका अध्यक्ष एवम् समाजसेवी बुद्धिमान धम्पु, समाजसेवी जयलाल पुन, श्रीकृष्ण मन्दिर आमा समूहका अध्यक्ष मिना भण्डारी, वडा महिला समन्वय समिति वडा नं.१५ का अध्यक्ष पार्वती कार्की लगायतले बोलेका थिए । श्रीकालिका मन्दिर संचालक समितिका अध्यक्ष मनवीर गुरुङ्ग ढासाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मिन बहादुर कार्कीले गरेका थिए ।
Post a Comment