गोल्डेन न्यूज संवाददाता
पोखरा १ मंसिर ।लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा प्रतिभा उच्च मावि पोखरामा पिस पोष्टर
(चित्रकला) कार्यक्रम सम्पन्न भएको छ । लायन्स अन्तर्राष्ट्रियको बार्षिक कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा बिभिन्न ५ विद्यालयका ११ देखि १३ बर्षसम्मका १५ जना छात्र छात्राहरुले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा कुमुदिनी होम्स्, प्रतिभा उच्च मावि, पश्चिमाञ्चल उच्च मावि, अमरज्योति बोर्डिङ स्कुल, वेष्टपोईन्ट बोर्डिङ स्कुल, लगायतका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विश्वमा शान्ति बाडौं बिषयक प्रतियोगितामा पश्चिमाञ्चल उच्च माविका मञ्जिल श्रेष्ठ प्रथम, कुमुदिनी होम्स्का जानवी गौचन द्वितीय, प्रतिभा उच्च मावि संसार गजमेर तृतीय र पश्चिमाञ्चल उच्च माविका सुलभ कतिला सान्तवना स्थान प्राप्त गरेका थिए । प्रथम हुनेको चित्र डिष्ट्रिक्टका बिभिन्न क्लबहरुले आयोजना गरेर प्रथम स्थान प्राप्त गरेका प्रतियोगी बीचको प्रतिस्पर्धाका लागि डिष्ट्रिक्टमा पठाईने क्लबका अध्यक्ष टंकराज अधिकारीले जानकारी दिए । विद्यार्थीहरुले बनाएको चित्रहरुको मूल्याङकन चित्रकार एवं कार्टुनिष्ट पदम घलेले गरेका थिए । बिजयी विद्यार्थीहरुलाई जोन चेयरपर्सन बालाकृष्ण बराल र क्लबका अध्यक्ष टंकराज अधिकारीले विजयी बिद्यार्थीलाई पुरस्कार र सहभागीलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । सो अवसरर्मा बाबा फाउण्डेशनको तर्फबाट प्रथम, द्वितीय तृतीय र सान्तवना स्थान प्राप्त गर्ने विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ बी १ नेपालका पिस पोष्टर कमिटी चियरपर्सन सूर्यनाथ कोईरालाले विश्व शान्तिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । यस प्रतियोगिताले विद्यार्थीहरुबीच लुकेर रहेको अन्तर्निहीत प्रतिभालाई प्रस्फुटनमा महत्वपूर्ण टेवा पुग्ने बताए । कार्यक्रममा जोन चियर पर्सन बालाकृष्ण बराल, प्रतिभा उच्च माविका अध्यक्ष नारायण पौडेलले बालबालिकादेखि नै विश्वमा शान्ति फैलाउने खालका सन्देश सिकाउनु आवश्यक रहेको बताए । क्लबका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष ख्यामनारायण काफ्ले, प्रथम उपाध्यक्ष जीवन ढुंगाना, सचिव राजेन्द्र ढकाल र कोषाध्यक्ष हरिराम पराजुली लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

Post a Comment