गोल्डेन न्यूज संवाददाता
जिल्ला विकास समिति कास्कीबाट प्रदान भइरहेको सरकारी सेवा प्रवाह बारेमा आर्थिक वर्ष २०७२ ÷७३ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कास्कीको भदौरेतामागी, चापाकोट र कास्कीकोट गाविसलाई समेट्ने गरि भदौरेतामागीको श्री सिद्ध बराह उच्च माविमा सार्वजनिक सुनुवाई भएको हो । कार्यक्रममा स्थानीय सरोकारवालाहरुको उल्लेख्य सहभागिता भएको थियो ।
जिल्ला विकास समिति कास्कीबाट प्रदान भइरहेको सरकारी सेवा प्रवाह बारेमा आर्थिक वर्ष २०७२ ÷७३ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कास्कीको भदौरेतामागी, चापाकोट र कास्कीकोट गाविसलाई समेट्ने गरि भदौरेतामागीको श्री सिद्ध बराह उच्च माविमा सार्वजनिक सुनुवाई भएको हो । कार्यक्रममा स्थानीय सरोकारवालाहरुको उल्लेख्य सहभागिता भएको थियो ।
विकास निर्माण सेवा प्रवाहको विषयमा स्थानीय बासिन्दाले जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख सँग प्रश्न जिज्ञासा तथा सुझाव राखेका थिए । कार्यक्रममा गुनासो राख्ने क्रममा अधिकांश नागरिकले साउन १५ गते गएको भीषण पहिरोले गरेको मानवीय क्षति सँगै धनजन, भौतिक संरचना र बाटोघाटोको प्रसंगलाई उठाएका थिए । कार्यक्रममा पहिरो पीडित नागरिकहरुले राहतका कार्यक्रममा निष्पक्षता नभएको, बाढीले त्यस क्षेत्रका ५ वटा पुल बगाएको र त्यसमा अहिले सम्म निमार्णको काम अगाडी नबढेको, पहिरो प्रभावित क्षेत्रमा खानेपानीको निकै समस्या रहेको, फेवाताल बचाउनका लागि भदौरेतामागी, चापाकोट लगायतका क्षेत्रको संरक्षण गर्नु अति आवश्यक रहेको लगायतका समस्या तथा सुझावहरु राखेका थिए । स्थानीय नागरिकबाट आएका गुनासोको जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले स्पष्ट पारेका थिए । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिंदै स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले आम नागरिकहरुको मागलाई सकेसम्म पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको प्रमुख हरिश्चन्द्र प्रसाद रौनियारले त्यस क्षेत्रको अध्ययन र अनुसन्धान भैरहेको बताए। जिल्ला पशुसेवा कार्यालय कास्कीका प्रमुख राकेश प्रजापति, महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जि.सी., जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर नारायण श्रेष्ठ, जिल्ला वन कार्यालयका वन अधिकृत शालिकराम पराजुली, जिल्ला कृषि विकास कार्यालय कास्कीका वागवानी अधिकृत मनोहरि कडरिया, जिल्ला भूसंरक्षण कार्यालय कास्कीका प्रतिनिधि शिव शंकर शाह लगायतले आफूसँग सम्वन्धित प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रतिनिधि पदम प्रसाद गुरुङ, नेकपा एमालेका गोपाल प्रसाद भण्डारी, एकीकृत नेकपा माओवादी प्रतिनिधि भिम प्रसाद सुवेदी, गैसस महासंघ कास्कीका कोषाध्यक्ष गोमा ढकाल लगायतले प्रतिवद्धता सहितको मनतव्य राखेका थिए । रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले सहजीकरण गरेको कार्यक्रममा उद्देश्य बारे जानकारी जिल्ला विकास समिति कास्कीका सामाजिक शाखाका प्रमुख अर्जुन नेउपानेले गरेका थिए । रेडियो सफलताका वीरेन्द्र सापकोटाले सञ्चालन गरेको कार्यक्रममा हिमलाल पौडेलले आचारसहिता बारे जानकारी गराएका थिए ।
Post a Comment