गोल्डेन न्यूज संवाददाता
भारतले लगाएको नाकाबन्दीका कारण देशभरको तिहार खल्लो हुने संकेत देखिएपनि पोखरामा भने खासै प्रभाव नपर्ने भएको छ । पूmलको पर्वको रुपमा लिईने तिहारमा पोखरामा भने स्थानीय उत्पादनले नै माग पूरा हुने भएको हो । फ्लोरिकल्चर एशोसिएशन कास्कीका अध्यक्ष दया कुमार द्वाका अनुसार यो बर्षको तिहारमा ९० प्रतिशत माग स्थानीय उत्पादनले नै पूरा गर्नेछ । पछिल्लो समय कास्की र आसपासमा पूmलखेती गर्ने किसानहरु निकै बढेका छन्, द्वाले भने–यसपालि नाकाबन्दी नभएको भएपनि हामी भारतीय पूmल खरिद गर्नुपर्ने अवस्थामा थिएनौं । यो बर्ष सुरुदेखि नै स्थानीय किसानलाई प्रोत्साहन गर्दै उत्पादन बृद्धी गर्नेतर्फ हामीले पहल गरिरहेका थियौं । यसअघिका बर्षमा भने पोखरामा करिब २५ प्रतिशत पूmल भारतीय बजारबाट आयात हुन्थ्यो ।
अहिले पनि करिब ५ देखि १० प्रतिशत पूmल भारतबाटै आयात हुने द्वाको भनाई छ । यस्तो परिस्थितीमा डिजेल–पेट्रोल त आईरहेको छ, उनी भन्छन्–पूmल त सहजै आउँछ, तर आएका पूmल हामी धेरै खरिद गर्दैनौं । यो बर्ष पोखरामा करिब ५० लाख रुपैयाँको पूmल विक्रि हुने अनुमान गरिएको छ । हामीसँग पूरै तथ्याकं त छैन, एशोसियनका सचिव बसन्त बानियाँले भने–तर यसअघिका खपतका आधारमा यति खपत हुने अनुमान छ । अहिले नर्सरीमा भन्दा पनि तिहार लक्षित गरी सयपत्री पूmलको खेती गर्ने किसानहरु बढेका छन् । प्रयोगमा वृद्धि भएसँगै अहिले पोखरामा व्यावसायिकरूपमा पूmलको खेती गर्ने कृषक ३० जना पुगिसकेका छन् । ती सबै फ्लोरिकल्चर एशोसिएशन कास्कीमा सूचीकृत छन् । यहाँ तिहार र प्रणय दिवसका दिन अपुग हुने भएपछि भारतीय पूmलहरु खपत हुन्छन् । एशोसिएसनका अनुसार पूmल उत्पादनमा वृद्धि भएपनि गत वैशाखमा गएको भूकम्पका कारण बजारमा पूmलको कारोबार त्यति राम्रो भएको छैन । यहाँ कास्की सहित स्याङजा, बागलुङ, गोरखा, धादिङ लगाएतका ठाउँबाट पूmल आयात हुन्छन् । यस क्षेत्रमा करिब ३०० प्रजातिका पूmलको व्यवसायिक खेती हँुदै आएको छ ।
पोखरामा सयपत्री पूmलको राम्रो उत्पादन छ, बानियाँ भन्छन्–यो बर्ष खासै अभाव हुँदैन, भारतसँग भर पर्नुपर्ने अवस्था छैन । भारतीय नाकाबन्दीका कारण गोदावरी मेला भने स्थगित भएको छ । प्रत्येक बर्ष तिहार अघि सञ्चालन हुँदै आएको मेला अहिले भारतको नाकाबन्दीका कारण स्थगीत भएको हो । स्थगित भएको मेला नाका सहज भएपछि गर्ने गरी बैठक बसेर नयाँ मिति निर्धारण गर्ने एशोसिएशनले जनाएको छ । सकेसम्म तिहार पछि मेला आयोजना गरिने अध्यक्ष दया कुमार द्वाले जानकारी दिए । अहिले त पूmलभन्दा भाडा महङगो हुन्छ, द्वा भन्छन्–चाहेर पनि मेला गर्न सम्भव छैन । हरेक वर्ष तिहारको लागि भारतबाट पूmल आयात गर्ने गरेको भएकाले यसवर्ष देशका अन्य शहरहरुमा भने नाकाबन्दीले गर्दा अभाव हुने देखिएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । पछिल्लो समय स्वदेशी पूmल उत्पादनमा वृद्धि भएपनि चाडपर्वलाई लक्षित गरेर झण्डै २० प्रतिशत पूmल अझैपनि भारतबाटै आयात गर्ने गरिएको छ । तर आयात भएका मध्ये ९० प्रतिशत पूmल काठमाडौंमा मात्रै खपत हुन्छ । अन्य ग्रामिण क्षेत्रहरुमा स्थानीयले आँफै उत्पादन गर्छन् भने काठमाण्डौं बाहिरका शहरहरुमा पनि स्थानीय उत्पादन बढी खपत हुने गन्थन डटकममा खबर छ ।
जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद कोईरालाले पनि यो बर्ष कास्कीमा बिदेशी पूmल आयात गर्न नपर्ने बताए । हामीले तिहारकै लागि लक्षित गरेर किसानलाई प्रोत्साहन सहित अनुदान समेत दिएका छौं, कोईराला भन्छन्–जिल्लाभर नै पूmल खेति भएको छ, बाहिरको पूmल ल्याउनुपर्ने अवस्था छैन, हामी आत्मनिर्भरउन्मुख छौं । तर अघिल्लो बर्षको भन्दा ढिलो गरी तिहार सुरु हुने भएकाले केही किसानले लगाएका पूmल भने पहिले नै फुलिसकेका उनको भनाई छ ।
केही किसानले अलि छिटो पूmलखेति गरेकाले फुलिसकेको छ, उनले भने–तर त्यसलाई पनि केही दिनसम्म कोल्ड स्टोर वा फ्रिजमा सुरक्षित राख्न सकिन्छ । जिल्लाको कालिका, लाहाचोक, घाचोक, भरतपोखरी, शिसुवा लगाएतका क्षेत्रमा पूmल खेति बढेको हो । कार्यालयले पनि कालिका, लाहाचोक तथा पोखरा १७ बिरौटामा पूmलको नर्सरी स्थापना गरेको छ ।
Post a Comment