गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका–१७ बिरौटामा सिद्धार्थ राजमार्ग टोल विकास संस्था गठन भएको छ । उक्त क्षेत्रमा बसोबास गर्ने स्थानियको भेलाले भरत गिरीको अध्यक्षतामा टोल विकास संस्था गठन गरेको हो । समाज सेवी एवं राम मन्दिर संचालक समितिका अध्यक्ष लिलाभक्त आचार्यको अध्यक्षतामा सम्पन्न भेलाले गिरीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिमा उपाध्यक्ष, विश्वराज आर्चाय, सचिव टेक नारायण पौडेल, सहसचिव लक्ष्मी बराल,कोषाध्यक्ष राधिका शर्मा रहेका छन् । यसैगरी सदस्यहरुमा मिना गुरुङ्ग, लाल प्रसाद गिरी, गिता लामिछाने, राजेन्द्र गुरुङ्ग, रविन ढकाल, तुलसी अधिकारी, दिवाकर शर्मा र राजु सुनार रहेको अध्यक्ष गिरीले जानकारी दिए । संस्थाको सल्लाहकारमा लिलाभक्त आचार्य, खगराज आचार्य, ऋषवलाल तिमिला, रेशमीराज सुवेदी, नरेश पोख्रेल, गेम व. गुरुङ्ग र पार्वती पौडेललाई चयन गरेको छ ।
कार्यक्रममा पोखरा–१७ टोल विकास समन्वय समितिका अध्यक्ष श्रीमती गिता सुवेदी,लक्ष्मी वराल, टेक नारायण पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा अधिकारकर्मी खगराज आचार्यले सामाजिक नेतृत्व लिइ र समाज सेवामा लाग्नु सहज नभए पनि वर्तमान सामाजिक विकृतिलाई निरुत्साहि गर्दै सामाजिक भावना एंव आपसी सम्वन्धलाई सुदृढ गर्न र समाज विकासमा लाग्न सुझाव दिएका थिए ।
Post a Comment