0
गोल्डेन न्यूज संवाददाता
पोखरा ५ मंसिर ।
लायन्स क्लव अफ पोखरा पिस चौतारीको आयोजनामा शनिबार निःशुल्क मधुमेह परीक्षण शिवर सम्पन्न भयो । लायन्स क्लव अफ अन्तर्राष्ट्रियको नीति र नियम अनुसार विश्व मधुमेह दिवसको अवसर पारी शिविर आयोजना गरिएको हो । पोखराको आरोग्यधाम होमियोप्याथिक हस्पिटलको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । त्यस अवसरमा करिब १ सय ५० जनाले मधुमेह परीक्षण गराएका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि, बिजी हस्पिटलका अध्यक्ष एवं लायन्सको मधुमेह सचेतना कार्यक्रम समिति सदस्य डा. निर्मल लामिछानेले मानिसको रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भई रगतजांच गराउदा चिनीको मात्रा चाहिने भन्दा बढी देखा पर्नु मधुमेह भएको मानिने बताए । उनले मधुमेहबाट बच्न नियमित व्यायाम, सन्तुलित आहार आदिमा ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै क्लवका निवर्तमान अध्यक्ष एवं हेल्थ क्याम्प कमिटी मेम्वर डा. विष्णु चापागाइँले मधुमेह २ प्रकारका हुने, भएकाले यसबाट हुने समस्या र समाधानका विविध पक्षमाथि चर्चा गरेका थिए । क्लवका अध्यक्ष धनन्जय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तृतीय उपाध्यक्ष मगनलाल श्रेष्ठले ध्वजाको अभिभावदन एवं स्वागत, रिजन चियर पर्सन तेजनारायण पराजुली, गण्डकी अञ्चल आयुर्वेद औषधालयकी प्रमुख डा. शुभद्रा कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सचिव प्रेम दाहालले गरेका थिए ।
यसैबीच लायन्स क्ल्व अफ पोखरा पिस चौतारीको कार्यसमिति बैठक समेत शनिबार नै सम्पन्न भएको छ । बैठकमा यसअघि सम्पन्न पदस्थापन, सम्पन्न कार्यक्रमको समीक्षा गर्नुका साथै भावी रणनीतिमाथि छलफल गरेको थियो । त्यस अवसरमा पोखराका युवा पत्रकार हरि पन्तमाथि गत बुधबार राति भएको आक्रमणको भत्र्सना एवं निन्दा गर्नुका साथै दोषी उपर कार्वाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ । यस्तै गत कार्तिक ११ गते गण्डकी टेलिभिजनको अध्यक्षमा चयन भएका क्वका सदस्य राजकुमार केसीलाई सम्मन एवं बधाई ज्ञापन गरेको थियो । बैठकमा निवर्तमान अध्यक्ष डा. विष्णु चापागाइँ, पूर्व अध्यक्ष मेघनाथ काप्mले, विनोद ढुंगाना लगायतले विभिन्न सुझाव दिएका थिए ।
यसैगरी लायन्स क्लव अफ पोखरा अन्नपूर्ण र लोडी सहयोगी कल्याण कोष कास्कीले संयुक्त रुपमा पोखरामा शनिवार निःशुल्क मधुमेह शिविर आयोजना गरेको छ।        विश्व मधुमेह दिवसको अवसरमा फिष्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरबाट दुई सय जना लाभान्वित भएको कार्यक्रम संयोजक यदुनाथ अधिकारीले जानकारी दिए।      शिविरमा विरामीको मृगौला परिक्षण, लिपिक प्रोफाइल, ब्लड सुगर र इसिजि टेष्ट लगायतका सेवा प्रदान गरिएको थियो। ती टेष्टगर्दा झण्डै दुई हजार पाँच सय रुपैया खर्च लाग्ने भएपनि शिविरमा भने निःशुल्क प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय ३२५ बी वान नेपालका पूर्व मल्टिपल काउन्सिल चेयर पर्सन प्रेमबहादुर श्रेष्ठ र नेपाल मधुमेही समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले डा. प्रदेश घिमिरेलाई प्रिष्कृप्सन लेख्ने प्याड हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै पूर्व मल्टिपल चेयर पर्सन प्रेमबहादुर श्रेष्ठ, नेपाल मधुमेही समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल र डा बसन्त ताम्राकारले मधुमेहबाट जोगिन सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए।   लायन्स क्लव अफ पोखरा अन्नपूर्णका कार्यवाहक अध्यक्ष रविन्सन प्रजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक यदुनाथ अधिकारीले स्वागत र सचिव दिनेश तुलाचनले कार्यक्रम संचालन गरेका थिए।

Post a Comment

 
Top