गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन उपप्रधामन्त्री र चार मन्त्री थपेका छन् । यससँगै ओली सरकारमा छ उपप्रधानमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् । १७ मन्त्री र दुई राज्यमन्त्रीसहित केपी ओली नेतृत्वको मन्त्रिपरिषद् २८ सदस्यीय भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नै दल एमालेका उपाध्यक्ष भीम रावलसँगै माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानमन्त्री मा नियुक्त गरेका छन् । नवनियुक्त उपप्रधामन्त्रीत्रयले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियता को समथ लिएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नै दल एमालेका उपाध्यक्ष भीम रावलसँगै माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानमन्त्री मा नियुक्त गरेका छन् । नवनियुक्त उपप्रधामन्त्रीत्रयले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियता को समथ लिएका छन् ।
नवनियुक्त उपप्रधानमन्त्री मध्ये रावलले सहरी विकास, केसीले सहकारी तथा गरिबी निवारण र मैनालीले महिला बालकालिका तथा समाज कल्याण मन्त्रालय सम्हाल्नेछन् । यस्तै बिहीबार नै चार मन्त्री थपिएका छन् । एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चारमन्त्रीमा शेरधन राई, पर्यटनमन्त्रीमा आनन्द पोखरेल र श्रममन्त्रीमा शान्ता मानवी नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको समथ लिएका छन् । सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री कावा ओली, प्रधानन्यायाधीश गिरिशचन्द्र लाल लगायतको उपस्थिति थियो ।
केही मन्त्री अझैं थपिने
केही मन्त्री अझैं थपिने
रक्षासहितका सात मन्त्रालय अझै मन्त्रीविहीन छन् । जसमा भूमिसुधार, युवा तथा खेलकुद, विज्ञान, प्रविधि तथा वातावरण, शान्ति तथा पुननिर्माण, स्थानीय विकास, स्वाथ्य तथा जनसंख्या मन्त्रालय छन् । सातै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेका छन् । चार मन्त्रीले भने विभागीय जिम्मेवारी पाएका छन् । प्रधानमन्त्रीको सपथसँगै भएको मन्त्रिपरिषद् गठनमा सहभागी सत्य नारायण मण्डल र रामकुमार सुब्बा विना विभागीय मन्त्री नै छन् । पहिलो विस्तारमा मन्त्री बनेका रामजनम चौधरी र विश्वेन्द्र पासवान पनि अहिलेसम्म विना विभागीय मन्त्री नै छन् । यस आधारमा कम्तिमा तीन नयाँ मन्त्री बन्न सक्नेछन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय हेर्ने गरी मन्त्री नै नियुक्त हुन सक्नेछन् । यसअघि राज्यमन्त्री नियुक्त मेघराज नेपाली निषाद र मुस्ताक आलमले पनि विभागीय जिम्मेवारी पाएका छैनन् । सत्तारुढ दलहरुको तयारी हेर्दा केही राज्य मन्त्री र सहायकमन्त्री समेत थपिनेछ । यसले ओली मन्त्रिपरिषद् जम्बो हुनेछ ।
यसैबीच उपप्रधानमन्त्री एवं सहकारी तथा गरीवी निवारण मन्त्री चित्रबहादुर केसीको नाम नसुन्ने नेपालीहरु कमै छन् । संसदमा बोल्दा उखान टुक्का मिसाएर मीठो बोलेका कारणले केसीलाई मन पराउनेहरुमात्रै छैनन्, मधेसवादी र जनजातिहरुले उनलाई संघीयता विरोधी ‘आइकन’ रुपमा चिन्ने गरेका छन् । राजनीतिमा निरन्तरता रहे एक दिन पालो आउँछ भनेजस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री बन्न सफल भएका छन् । तर, राजनीतिमा केसीका चेलाहरु भने धेरै वर्ष पहिले नै मुलुकको प्रधानमन्त्री भइसकेका छन् । आजभन्दा ७५ वर्षपहिले बाग्लुङमा जन्मेका मन्त्री केसी सादगी एवं स्वच्छ छविका नेता मानिन्छन् । मन्त्री हुने दिनसम्म उनी तीन पाङ्रे सार्वजनिक टेम्पो चढेर संसद आवत–जावत गर्दै आएका छन् । घट्टेकुलोमा सामान्य डेरामा बस्ने केसीका छोरा तन्दुरी भोजनायलयमा रोटी पकाउने काम गर्छन् । मन्त्री केसीका दुई छोरा र एक छोरी छन् । विगतमा बाग्लुङबाट प्रत्यक्ष चुनाव जित्दै आए पनि दोस्रो संविधान सभामा भने उनी समानुपातिक तर्फबाट सभासद बनेका हुन् । विद्यालयको हेडमास्टरको जागिर छाडेर कम्युनिष्ट राजनीतिमा लागेका केसीले १९ वर्ष भूमिगत जीवन बिताएका छन् । उनले ९ महिना जेल जीवन बिताएका छन् । संसदमा ३ सीटको प्रतिनिधित्व गरिरहेको केसीको दलले सरकारमा सहभागिता जनाएको यो नै पहिलो हो । यसअघिसम्म जनमोर्चाले सरकारमा सहभागी नहुने नीति लिँदै आएको थियो । बाग्लुङमा प्रधानाध्यापक रहेर राजनीतिमा भाग लिँदा झलनाथ खनाल केसीका कार्यकर्ता थिए । इलामका खनाल जागिर खान विज्ञान र गणितको शिक्षक बनेर केसीको गृहजिल्ला बाग्लुङ पुगेका थिए । खनाल पछि इलाम फर्केर मालेमा लागेका थिए । पूर्वप्रधानमन्त्री खनालले अहिले पनि केसीलाई आफ्नो राजनीतिक गुरु मान्ने गरेका छन् ।
Post a Comment