गोल्डेन न्यूज संवाददाता
भारतका ५८ वर्षीय तरुणकुमार घोष र ४६ वर्षीय जयदीप यो पटकको शरद ऋतुमा पनि नेपाल आए । कलकत्ताका दुई भाइले इन्धन अभावकै कारण लमजुङ सदरमुकाम बेसीसहर जान पाएनन् । उनीहरू मनाङको डोना हिमताल क्षेत्रको भ्रमणलाई कास्कीकै माछापुच्छ«े मोडल टे«कतिर मोड्न बाध्य भए । आफ्नो देशका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गुनासो गर्दै दुवै जनाले नेपाल फेरि आउने बाचा भने दोहो¥याए ।
नेपालका धेरैजसो पदयात्रा मार्ग चहारिसकेका तरुणकुमार र घोष मात्र हैनन्, बेलायती अवकाशप्राप्त प्रहरी लि पनि यो याममा दोस्रोपटक नेपाल आए । भूकम्प गएको र नेपालमा जारी मधेस आन्दोलनबारे जानकार रहेका उनले मज्जाले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरे र फेरि नेपाल आउने वाचा दोहो¥याए । एकपटक आउँदा महिनौँ लगाएर नेपालका विभिन्न ठाउँ चाहार्ने लि को भनाइ उद्धृत गर्दै पदयात्रा गराउने संस्था नेपाल टेूेकिङ एजेन्ट्स एसोसिएन अफ नेपाल (टान) पश्चिमाञ्चल, पोखराका उपाध्यक्ष दीपक अधिकारीले भने,–“देशमा सशस्त्र द्वन्द्व हुँदा त एकपटक आएका पर्यटक फेरि आउने गर्थे भने भूकम्पले उनीहरूलाई के रोक्थ्यो ?” उनका अनुसार भूकम्प पछि संसारभर नेपाल असुरक्षित छ भन्ने सन्देश प्रवाहित भए पनि पटकपटक नेपाल आएकालाई त्यसले कमै प्रभाव पारेको छ । “हाम्रो कुनै पनि बुकिङ रद्द भएन” अधिकारीले सुनाए । पदयात्रा बिन्दुसम्म मोटरमा पठाउँदा पर्यटन व्यवसायीको लागत भने यस पटक बढ्न पुगेको छ । बुकिङ गर्दा नेपालमा इन्धन अभाव नभएको र अहिले इन्धन अभावले यात्रा महङ्गो भएकाले लागत बढे पनि आफूहरूले एक पटकको मात्र व्यवसाय नहेरेर पहिले तोकिएकै शुल्कमा पर्यटकलाई सेवा दिएको अधिकारीको भनाइ छ । शरद र वसन्त ऋतु पदयात्राका लागि उपयुक्त समय मानिन्छ । पदयात्राका लागि नेपाल आउने पर्यटक यही मौषममा विभिन्न पदयात्रा र हिमाल आरोहणमा जाने गर्छन् । तर भूकम्पपछि विश्वभर फैलिएको सन्देश र नेपालमा जारी मधेस आन्दोलनले नेपाल आउनेको सङ्ख्यामा भारी गिरावट आएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए । यद्यपि, हल्ला र दुःखको पर्वाह नगर्ने पर्यटकको सङ्ख्यासमेत उल्लेख्य रहेको उहाँको भनाइ छ । नेपालको पर्यटन उद्योग आफ्नै प्रचारप्रसारले भन्दा पनि पर्यटकले मुखमुखै (माउथ टू माउथ) गर्ने चर्चाकै कारण विश्वमाझ चिनिएको थापाले बताए । विभिन्न देशले आफ्ना नागरिकलाई नेपाल घुम्न नजानका लागि सचेत (टूाभल एडभाइजरी) जारी गर्दा पनि नेपालको पर्यटन पटकपटक आउने पर्यटकहरूकै कारण धानिएको हो” उनले भने ।
टान पश्चिमाञ्चलका पूर्वअध्यक्ष नारायण सापकोटाका अनुसार यो याममा दैनिक ५० देखि ८० जनाको हाराहारीमा पोखरा हुँदै पर्यटक पदयात्रामा निस्किएका छन् । टान पश्चिमाञ्चल कार्यालयले पोखराबाट पदयात्री सूचना व्यवस्थापन प्रणाली अर्थात् टिम्स कार्डमार्फत पर्यटकलाई पदयात्रामा पठाउने गर्छ । आफूखुसी यात्रा गर्नेको समेत हिसाब गर्दा यो सङ्ख्या बढी नै भएको थापाले बताए । अघिल्लो याममा भने यही समयमा दैनिक २०० सम्म पर्यटक पोखराबाट पदयात्रामा निस्कने गर्थे । हल्लाको पर्वाह नगरी नेपाल आउने ‘पटके’ पर्यटककै कारण पर्यटन व्यवसायीलाई केही राहत भए पनि यो पर्याप्त नभएको पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन् ।
भूकम्पपछि पोखरा र आसपासको क्षेत्र सुरक्षित छ भन्ने सन्देश प्रवाहित गर्न गठित पोखरा पर्यटन पुनः जागरण समितिका संयोजकसमेत रहेका उनले भने–“नेपाललाई माया गरेर आएका अलिअलि पर्यटकलाई पनि धक फुकाएर खुवाउन सकिएको छैन तर यस्तो अवस्थामा पनि उहाँहरूले देखाएको सदासयताको हामीले प्रशंसा गर्नैपर्छ ।”टान पश्चिमाञ्चल कार्यालय का अनुसार यसपटक दोहो¥याएर आउने पर्यटकका साथै नेपालका विभिन्न विकासे परियोजनामा काम गरेका स्वयंसेवी पनि नेपाल आएका छन् । आफू आबद्ध हुँदा गरेको कामको प्रगति हेर्न तथा भूकम्पपीडितलाई राहत वितरण गर्नका लागि उनीहरू पर्यटक बनेर नेपाल आएको टान पश्चिमाञ्चल कार्यालय पोखराले जनाएको छ । “विभिन्न मिसनरीमा आबद्ध भएर नेपालमा काम गरेका तथा भूकम्पको बेला ठूलो मात्रामा सहयोग गरेका पर्यटक पनि नेपाल आएका छन्”, टान पश्चिमाञ्चल का उपाध्यक्ष अधिकारीले भने,–“आफूले दिएको सहयोग कता खर्च भएछ भन्ने उत्सुकता मेट्न र फेरि सहयोग गर्न आएकाहरू पनि हाम्रा लागि पर्यटक नै भएका छन् ।” पोखराबाट अन्नपूर्ण चक्रीय पदयात्रा, अन्नपूर्ण आधार शिविर, घोडेपानी, पुनहिल, माछापुच्छेू मोडल टेूक, पञ्चासे, मुक्तिनाथ, उपल्लो मुस्ताङसहित पोखरा वरपरका धम्पुस, सराङकोट, यहाँको बेगनास क्षेत्रमा पर्ने रोयल टेूक लगायतका क्षेत्रमा पदयात्रामा जाने गर्छन् । पर्यटकले पदयात्रामा घटीमा तीन दिन र बढीमा एक महिना बिताउँछन् । पदयात्रामा निस्कने पर्यटकको दैनिक पोखरामा औषत बसाइ मात्र तीन दिनको रहेको छ । नेपाल रहँदा एक पर्यटकले दैनिक ३५.६ अमेरिकी डलर खर्च गर्ने गरेको पर्यटन मन्त्रालयको तथ्याङ्कमा उल्लेख भएको राष्ट्रिय समाचार समिति (रासस) को समाचारमा उल्लेख छ ।
Post a Comment