0
गोल्डेन न्यूज संवाददाता
कालावाङ्ग घरेडीमा १ दिने वैदेशिक रोजगार सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ। जेएमडिआई होस्ट परियोजना र एशिया मानव अधिकार तथा साँकृतिक विकास मञ्च (एशियन फोरम)ले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न मुलुकमा रोजगार गरिआएका महिला पुरुष साथै वैदेशिक रोजगारको लागि सोच बनाएका युवाहरु सहित ५० जनाको सहभागिता रहेको थियो। कालावाङ्ग घरेडी होमस्टे समितिका अध्यक्ष राजबहादुर गुरुङ्गको सभापतित्व र पोखरा–२५ का वडा सचिव राम प्रसाद पौडेलको प्रमुख आतिथि रहेका थिए। कार्यक्रममा एशियन फोरमका कार्यक्रम निर्देशक निलाम्बर बडाल र सामी परियोजनाकी आउटरिच अफिसर हिन्दू संस्कृति कार्कीले परामर्श दिएका थिए। कार्यक्रमको बारेमा जानकारी गराउँदै एशियन फोरमले कार्यान्वयन गरेको जेएमडिआई होष्ट परियोजनाका जिल्ला कार्यक्रम संयोजक राजु रार्ईले स्थानीय आप्रवासनमा सकरात्मक प्रभाव पार्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए। सुरक्षित वैदेशिक रोजगारका बारे जानकारी गराउदै सिप सिकेर पूर्ण सुचित भई वैदेशिक रोजगारमा जान सुझाव गर्नुका साथै ठगीमा पर्दा न्यायका लागि आवश्यक परामर्श समेत गराएका थिए। कार्यक्रममा सन्देशमूलक बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न मुलुकमा रोजगार गरिआएका फिर्ता आप्रवासीहरुले आफ्नो अनुभव आदान“प्रदान गर्नुका सथै आप्रवासीहरुको पुनःस्थापितको मुद्दा बरे छलफल गरिएको थियो। एशियन फोरमका प्रशासन तथा वित्तीय निदेशक एकलाल न्यौपानेले जेएमडिआईको उद्देश्य अनुरुप नै होमस्टेको थालनी भएको भनि अझ कार्यक्रमबारे प्रकाश पारे र यसबाट लाभ लिन आग्रह गरेका थिए। कार्यक्रमका सभापति राज बहादुर गुरुङ्गले धन्यवाद ज्ञापन गरेका थिए। ग्रामिण पर्यटनले आप्रवासन कम गरी गाउँलाई स्वावलम्वी बनाउने, दिगो विकास गर्ने र स्थानिय संस्कृतिलाई होमस्टे मार्फत प्रवद्र्धन गर्न युरोपियन युनियन र स्वीस सरकार विकास सहयोगको आर्थिक सहयोगमा जेएमडिआई होस्ट परियोजनाको  कार्यान्वयन एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) ले कार्यान्वयन गर्दै आएको छ।





Post a Comment

 
Top