0
सवैधानिक परिषद्ले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त र आयुक्त दुईको पदका लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको परिषद्को बैठकले त्यसका लागि सात दिनको म्याद दिएर सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । बैठकपछि परिषद्का सदस्य एवम सभामुख ओनसरी घर्तीले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिअनुसार निर्वाचन आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्ति सम्बन्धमा सात दिनको म्याद दिएर अभिलेख अद्यावधिक गर्ने निर्णय भएको जानकारी दिए ।
 
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती तथा आयुक्तद्वय रामभक्त पिभी ठाकुर र दोलखबहादुर गुरुङ उमेरका कारण सेवानिवृत्त भएपछि आयोगका ती पदहरू रिक्त भएका हुन् । परिषद्ले यसअघि निर्वाचन आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि तयार गरेको रोस्टरलाई यथावत् राखेर नयाँ व्यक्तिको अभिलेख अद्यावधिक गर्न केही दिनभित्रै सूचना जारी गर्न लागेको हो ।



Post a Comment

 
Top