0
गोल्डेन न्यूज संवाददाता
 संगम बचत तथा ऋण सहकारी संस्था लि.रामबजार पोखरा १५ का जेष्ठ नागरिकहरुले पोखराकै विभिन्न देवालयहरुमा धार्मिक भ्रमण गरेका छन् । सहकारीका अध्यक्ष निरज थापाको नेतृत्व एवं उपाध्यक्ष दल बहादुर कुँवरको संयोजकत्वमा भएको उक्त भ्रमणमा सहभागी ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई पोखरामा रहेका ऐतिहासिक महत्व बोकेका तिर्थस्थलहरु विन्ध्यवासिनी मन्दिर, तालबाराही मन्दिर, केदारेश्वर महादेवमणि, अकलादेवी मन्दिर, राममन्दिर विरौटा लगायत गुप्तेश्वर गुफा, पातले छाँगो र बुद्ध दर्शन रोवोटिक थिएटरको भ्रमण गराइएको हो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको तर्फबाट समितिका सचिव तीर्थ श्रेष्ठले जेष्ठ नागरिकहरुलाई स्वागत तथा सम्मान गर्दै मन्दिरको ऐतिहासिक महत्वको बारेमा प्रकाश पारेका थिए । सो अवसरमा समितिका तर्फबाट जलपानको समेत व्यवस्था गरिएको थियो । जेष्ठ नागरिकहरु राष्ट्रका गहना भएकाले उनीहरुको सम्मान र हेरचाह गर्नु सबैको कर्तव्य भएको सहकारीका अध्यक्ष थापाले बताए । सहकारीले गराएको यस भ्रमणले आफूहरुलाई निकै खुसी र रमाइलो अनुभूति भएको जेष्ठ नागरिकहरुले बताएका थिए ।



Post a Comment

 
Top