गोल्डेन न्यूज संवाददाता
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हुने क्षेत्रीय प्रतियोगिता छनोटका लागी लागि कास्की जिल्ला खेलकुद विकास समितिले मंगलबार कराँते खेलका खेलाडि छनोट गरेको छ । छनोट अन्तर्गत मंगलबार पोखरा रगंशालामा भएको पुरुष ५० केजी तौलमा विनोद तिवारी, ५५ केजीमा सम्पूर्ण गुरुङ, ५० केजीमा आशिष तामाङ, ६७ केजीमा सुजन पराजुली र ६५ केजीमा कृष्ण लामा छनोट भएका छन् । त्यस्तै महिला तर्फ ४५ केजीमा रन्जिता नेपाली, ५० केजीमा विपना नेपाली, ५५ केजीमा रुविष्का तामाङ र ६० केजीमा पुजा तामाङ छनोट भए । त्यस्तै पुरुष एकल काता तर्फ कृष्ण लामा र महिला एक कातामा रुविष्का तामाङ छनोट हुदाँ महिला समुह कातामा निरुता कुवँर, पार्वती केसी र रुविष्का तामाङ छनोट हुन सफल भए ।
Post a Comment