लायन्स क्लव अफ पोखरा ग्लोवल लेकसिटीको आयोजनामा शनिबार डि भिलेज क्याफेमा पिस पोष्टर चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । निम्न माध्यामिक विद्यालय स्तरको प्रतियोगितामा २२ जना विद्यार्थीहरुले सहभागिता जनाएको क्लवमा प्रथम उपाध्यक्ष लायन कुलदीप सुवेदीले गोल्डेन न्यूज दैनिकलाई बताए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पिस पोष्टर को–अर्डिनेटर चियर पर्सन सूर्यनाथ कोइरालाले विश्व शान्तिका लागि सबै जना एक जुट हुनुपर्नेमा जोड दिए । उनले भने्,“यसका लागि बालबालिका देखि नै यस्तो सन्देश सिकाउनु आवश्यक छ ।” ‘विश्वमा शान्ति बाँडौ’ विषयक उक्त प्रतियोगितामा मदरल्याण्ड उच्च माविका राजेन्द्र बहादुर गाहाले प्रथम स्थान प्राप्त गरे । त्यसै गरी सेन्ट मेरिजकी नम्रता पौडेलले दृतिय स्थान र मदरल्याण्डकै गुप्ता निस्वेतले तृतीय स्थान प्राप्त गरेका छन् । कार्यक्रममा प्रतियोगीहरुको निर्णायकको भूमिका भविन्द्र बहादुर गुरुङ्ग र दल बहादुर गुरुङ्गले निर्वाह गरेको कार्यक्रम संयोजक लायक दिलिप कुमार श्रेष्ठले ानकारी दिए । कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि तथा अध्यक्षले विजयी
प्रतियोगीहरुलाई पुरस्कार, सहभागीहरुलाई प्रमाणपत्र र निर्णायकहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम क्लवका अध्यक्ष लायन अनुराग श्रेष्ठको अध्यक्षता तथा सचिव गिरधारी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Post a Comment