0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ उद्योग वाणिज्य संघले नयाँ आएका पश्चिमाञ्चल क्षेत्रीय प्रशासकको स्वागत एबं सम्मान गरेको छ । मंगलवार आयोजित कार्यक्रमका बीच क्षेत्रीय प्रशासक केदारवहादुर अधिकारीको स्वागत सम्मान गरेको हो । कार्यक्रममा नवनियुक्त क्षेत्रिय प्रशासक अधिकारीले देशमा परेको संंकटका बेला सम्पुर्ण जनताहरुलाई एक आपसमा सद्भाव र धैर्य भई संयम हुन आग्रह गरे । साथै पोखरा उपत्यकाको समग्र विकासका लागि पूर्वाधार विकास र नयाँ बृहत पोखरा उपत्यकाको नक्सा तयार गरि कार्य अगाडि बढाउन पहल गर्ने उनले बताए । संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले लेखनाथ नगरपालिकाको पूर्वाधार विकास निर्माणका कार्य अगाडि बढाउन र उपभोक्ताहरुलाई सहि सूचना र उपभोग्य बस्तुको न्यायचित वितरणका लागि अनुरोध गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपाल सरकारलाई परेका अप्ठराहरुमा निजी क्षेत्र सधै साथ रहने भन्दै राज्यले आधिकारीक धारणा बनाई देश र देशबासीका लागि निर्णायक बार्ता र पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बावुराम गिरी, पूर्व अध्यक्ष सुमन भट्टराई, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारी, उप–क्षेत्रीय प्रशासक लोकराज रेग्मी, नेपाली कांग्रेस नगर सभापति राजेन्द्रमणि लामिछाने, ने.क.पा.एमाले नगर संयोजक शंकर पौडेल, अखण्ड नेपाल अध्यक्ष मोती गिरी लगायतले अधिकारीकोे कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।




Post a Comment

 
Top