0
गोल्डेन न्यूज संवाददाता
विपक्षी दल कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै गर्दा आफू शक्तिकेन्द्रका रुपमा उदाउन नेताहरुले विभिन्न खेल शुरु गरेका छन् । स्थायी रुपमा नै दुई गुट देखिएको कांग्रेसमा महाधिवेशनमा आफूलाई शक्तिकेन्द्रका रुपमा स्थापित गर्न अर्को गुट जन्माउने प्रक्रिया सुरु गरेका छन् । गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति हुँदा पार्टीमा हालीमुहाली चलाएका तर, सुशील कोइराला सभापति भएपछि ‘सिन’बाट हराएकाहरुले वेग्लै गुट बनाएर बार्गे्निङ सुरु गरेका छन् । गुटमा बर्तमान केन्द्रिय समितिका तीन सदस्य तथा एक पूर्व महामन्त्री र एक सहमहामन्त्री छन् । गोविन्दराज जोशीको रणनीतिमा कुलबहादुर गुरुङलाई देखाएर पदका लागि वार्गेनिङ सुरु गरिएको गुटमा अहिलको केन्द्रिय समितिमा रहेका उमाकान्त चौधरी र पार्वती डिसी चौधरी समेत लागेका छन् । उमाकान्त माधवकुमार नेपाल नेतृत्वको सरकामा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । पटक–पटक मन्त्री भएका जोशीलाई गिरिजाप्रसाद कोइरालाले पार्टीको सहमहामन्त्री समेत बनाएका थिए ।
 
विशेष अदालतले अख्यितार दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको प्रमाणित गर्दै भ्रष्टाचारी ठहर गरेका जोशीको भ्रष्टाचार सम्वन्धि मुद्दा अहिले सर्वोच्च अदालतमा छ । पूर्व महामन्त्री तथ बर्तमान केन्द्रिय कार्यसमितिका सदस्य गुरुङ मुलुकको दास्रो राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा भएको निर्वाचनका कांग्रेसका तर्फबाट उम्मेदवार बनि एमाले उपाधयक्ष समेत रहेकी विद्यादेवी भण्डारीसंग पराजित भएको रातोपाटीमा खबर छ । सो गुटमा कांग्रेसका पुराना नेताहरुको सक्रियता रहेको देखिन्छ । कुनै समय पार्टी केन्द्रमा रहेर हालीमुहाली चलाएका विनयध्वज चन्द, सुनिलराज भण्डारी लक्ष्मण घिमिरेको गुटमा सक्रियता रहेको देखिन्छ । घिमिरे पहिलो संविधानसभामा कांग्रेसका प्रमुख सचेतक समेत थिए । यी संगै गुटमा रेवती भुसाल, हस्तबहादुर मल्ल, शुक्रराज शर्मा, खगेन्द्र रेग्मी, दिपकजंग शाह, सुरेन्द्र हमाल, रामबहादुर गुरुङ र लक्ष्मण राय यादव सक्रिय भएर लागेका छन् । उनीहरुको दावी महाधिवेशनमा आफुहरुले जे भन्यो त्यही मान्ने ५०० महाधिवेशन प्रतिनिधि आउने छ । यसले निर्वाचनको परिणामलाई असर गर्नसक्ने भन्दै उनीहरुले बार्गेनिङ सुरु गरेका हुन । प्राय सवै नेताहरु सस्थापन निकट रहेकाले यो गुट साँच्चै नै सक्रिय रहयो भने सस्थापनको परिणामलाई प्रभाव पार्ने पनि देखिन्छ ।
 
कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार जोशीले आफू निकटका नेताहरुसंग आफुहरुको गुटबाट दुई पदाधिकारी र २५ केन्द्रिय सदस्यलाई उम्मेदवार बनाउन जो राजी हुन्छ, त्यसैलाई समर्थन गर्न आफूहरु तयार रहेको बताउने गरेका छन् । कुनै गुटसंग सहमति भएमा आफू र कुलबहादुर गुरुङ पदाधिकारीको उम्मेदवार हुने उनको भनाई रहने गरेको ति नेताले बताए । विपी विचार समाज नामको सस्था गठन गरी मुलुकभर गतिविधि गर्दै आएको उनीहरुको समूहरुको मुख्य मक्सद महाधिवेशन मा आफूहरु कुनै न कुनै हिसावले निर्णायक विन्दुमा पुग्ने हो । यतिसम्मकी उनीहरुले पार्टीमा देखिएको भागवण्डाको संस्कृति अन्यका लागि पनि आफूहरु खुलेरै मैदानमा आउने भन्दै नेताहरुलाई दबाब दिन सुरु गरेका छन ।
 
महाधिवेशनमा सभापतिका आकाक्षी नेता शेरबहादुर देउवा र संस्थापनका दोस्रो तहमा नेताहरुसंग उनीहरुले पटक पटक बार्ता गरेका छन् । बार्तामा उनीहरुले आफुहरुले भने बमोजिमका नेताहरुलाई दुई पदाधिकारी र २५ केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने सहमति गर्ने भए सहयोग गर्न तयार रहेको बताउँदै आएका छन् । गुटबाट प्रायःगरी बार्तामा जोशी र चन्द सहभागि हुने गरेका छन् । यदि कुनै समूहले पनि आफुहरुलाई नपत्याएर गत महाधिवेशनमा भीमबहादुर तामाङको जस्तै प्यानल बनाएर निर्वाचनमा होमिने तयारी उनीहरुको छ । स्रोतका अनुसार त्यस्तो प्यानल बन्ने अवस्था आयोभने केवी गुरुङ अध्यक्ष र जोशी महामन्त्रीमा लडने तयारी उनीहरुको छ । गुरुङ कांग्रेसमा सिनियर र दाग नलागेका नेतामा गनिन्छन् । तर, जोशीसंगै लागेमा उनी पनि विलाएर जाने विश्लेषण कांग्रेस बृत्तमा गर्न थालिएको छ ।


Post a Comment

 
Top