0
गोल्डेन न्यूज संवाददाता
संघीय गणतान्त्रिक जनमुक्ति पार्टी तमुवान मगरात राज्य परिषदको आयोजनामा पोखरामा आइतवार भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जनमुक्ति पार्टीका केन्द्रीय वरिष्ठ सहअध्यक्ष परशुराम तामाङले देश अत्यन्तै जोखिम अवस्थामा रहेकाले आम नेपालीलाई सडकमा ओर्लन आग्रह गरे । नेपालका ७० प्रतिशत आदिवासी जनजाति र मधेशीको अधिकार विहीन तथा जबरजस्त केबल खस आर्य समुदायगत संविधान जारी गरी मुलुकलाई जोखिममा पुर्याएकाले जनताको अधिकारमुखी आन्दोलनको सुनुवाई नगर्ने सरकारका विरुद्ध जनतालाई सडकमा आउन उनको आग्रह थियो ।
 
मधेशी र थारु आन्दोलन कारीहरुबाट नाकाबन्दी गरिएकोमा नाकाबन्दीलाई नेपाली जनताको आन्दोलनको असर नदेख्ने सरकारले लाज पचाउन मिडिया र केही बुद्धिजिवी भनाउदोहरुलाई भारतलाई दोषारोपण गरिरहेको उनको आरोप थियो । कार्यक्रममा संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका उपाध्यक्ष अमरध्वज लामा, मगरात इञ्चार्ज हस्तबहादुर थापा, तमुवान इञ्चार्ज मानधोज गुरुङ, युवा मोर्चाका केन्द्रीय अध्यक्ष बमबहादुर दर्लामी, तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङ, नेपाल मगर संघ तनहुँका अध्यक्ष झकबहादुर थापा, जनमुक्ति पार्टीका संघीय परिषद सदस्य पुरनध्वज गुरुङ, पार्टीका तनहु अध्यक्ष मन्धरी आले, कास्की अध्यक्ष ओमबहादुर श्रीस मगर, तमुवानका अभियन्ता देवबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्दै अधिकार, पहिचान विहिन संविधानका नमान्ने, देशैभर भएका आन्दोलनको सम्वोधन र देशमा भई रहेको पेट्रोलियम पदार्थ लगायतको सहज आपूर्ति गर्न सरकारसँग माग गरेका थिए । संघीय गणतान्त्रिक जनमुक्ति पार्टी मगरात राज्य परिषदका अध्यक्ष इन्द्रबहादुर मास्की मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्या.नरबहादुर ठाडा मगर र संचालन महासचिव टेकबहादुर बीरकट्ठा मगरले गरेका थिए । भण्डाफोरसभा अघि लखनचोकबाट शुरु भएको र्याली सभागृहचोक, न्युरोड, विपी चोक चिप्लेढुंगा हुदै मानवअधिकार चोकमा पुगेको थियो ।
 
यसैबीच पहिचानसहितको संघीयता, अधिकार सहितको तमुवान प्रदेशको माग गर्दै आन्दोलनरत तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशले तराई मधेशमा आन्दोलनरत मधेशी र थरुहट आन्दोलनको ऐक्यवद्धताका लागि कात्तिक २० गते तमुवानको राजधानी पोखरामा प्रदर्शन गर्ने भएको छ । तमुवान संयुक्त संघर्ष समितिद्धारा आयोजित परामर्श भेलाबाट प्राप्त सुझावलाई आत्मसात गर्दै संघर्ष समितिले अधिकार र पहिचानसहितको तमुवान प्रदेशको माग, मधेश थहरुहट आन्दोलनको ऐक्यवद्धता र पेट्रोलियम पदार्थ, खानापकाउने ग्यास लगायत उपभोग्य सामग्रीको सहज आपूर्तिको माग गर्दै पोखरामा जनप्रर्दशन गर्ने निर्णय गरेको हो ।


Post a Comment

 
Top