हरि पन्त
पोखरा १ मंसिर ।लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपाल अन्तर्गतको जोन २ को दोस्रो डिष्ट्रिक्ट गभर्नस एडभाएजरी कमिटीको बैठक हालै सम्पन्न भएको छ । जोन अन्तर्गतका क्लवहरुका अध्यक्ष, निबर्तमान अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहितका प्रतिनिधिहरुले डिष्ट्रिक्टका बिभिन्न पदाधिकारीहरु समक्ष आफूले प्रतिबद्धता जाहेर गरे अनुरुप तीन महिनाको समयाबधि भित्र सम्पादन गरेका उल्लेख्य कार्य, आइपरेका समस्या, क्लवका आर्थिक अबस्था र भावी योजना लगायतका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा जोन अन्तर्गत रहेका क्लवहरु क्रमशः लायन्स क्लव अफ पोखरा चौतारी, लायन्स पोखरा न्यूरोड चौतारी, पोखरा सेती गण्डकी, पोखरा टुरिजम सिटी, पोखरा ब्युटी सिटी र लायन्स क्लव अफ पोखरा अमर बुद्धको सहभागिता रहेको थियो ।
कार्यक्रममा जोन चियर पर्सन कृष्णबहादुर अधिकारीले यसको बिषम समयको बावजुद पनि क्लवहरुले प्रतिबद्धता जनाएका स्वास्थ्य, शिक्षा, वातावरण, खानेपानी, बिद्यालयको भौतिक निर्माण र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआईसियु कक्षमा अत्यधुनिकरण गर्ने जस्ता कार्यहरु क्लवहरुले सञ्चालन गरेर समाज सेवाको कार्य गरेकोमा क्लवहरुको तारिफ गरे । चियर पर्सन अधिकारीले आफ्नो जोन अन्तर्गतका क्लवहरुले आफूले प्रतिबद्धता जनाए अनुरुपका समाज सेवाका कार्यहरु यस ६ महिनाको अबधिलाई मूल्याङ्कन गर्दा उत्साहजनक रहेको बताउँदै आगामी दिनहरुमा समेत क्लवहरु ससक्त रुपमा सामाजीक कार्यमा अगाडि बढ्न आग्रह गरे ।
क्लवको पदाधिकारीहरुले उठाएका बिभिन्न जिज्ञासाहरुको डिष्ट्रिक्ट सेक्रेटरी बिश्वेश्वर आचार्य, ट्रेजरर प्रजापति बाँस्तोला, चिफ एरिया को–अर्डिनेटर तीर्थलाल श्रेष्ठ, जियमटी को–अर्डिनेटर राजेन्द्र कुमार लालचन लगायतका बक्ताहरुले क्लवहरुले देशको बिषम अवस्थामा पनि उल्लेख्य सामाजिक कार्य गरेकोमा स्रहाना गरेका थिए । कार्यक्रममा नेपालमा आएको महाविनासकारी महाभूकम्प पीडितहरुलाई १ हजार घर निर्माण र पश्चिमाञ्चल अस्पताल भित्र कार्डियो युनिटको स्थापना लगायतको थुप्रै सामाजिक कार्य संचालन गर्न इन्टरनेशलनबाट उल्लेख्य आर्थिक सहायता ल्याउन सफल भएको उनीहरुले बताएका थिए । कार्यक्रमा आयोजक क्लव लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीका अध्यक्ष दिपकराज घिमिरेले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता जोन चियर पर्सन कृष्णबहादुर अधिकारीले गरेका थिए ।

Post a Comment