गोल्डेन न्यूज संवाददाता
पोखरा २० कार्तिक ।
लायन्स क्लव अफ पोखरा अर्पणको आयोजना तथा एल एञ्जल बोर्डिङ स्कूल लामाचौरको व्यवस्थापनमा पिस पोष्टर प्रतियोगिता शुक्रबार सम्पन्न भयो । कार्यक्रममा कास्कीका ५ विद्यालयका २० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा एल एञ्जल बोर्डिङ स्कूल लामाचौर, महेन्द्र मावि घार्मी, अकला प्रावि लामाचौर, भूमेश्वर प्रावि घार्मी र माछापुच्छ«े मावि सार्दीखोलाका विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा एलएञ्जल बोर्डिङमा कक्षा ८ मा अध्ययनरत अजय सुनार प्रथम, माछापुच्छ«े माविकी कक्षा ६ मा अध्ययनरत सुमिना श्रेष्ठ द्वितीय, एल एञ्जल बोर्डिङकै कक्षा ७ मा अध्ययनरत मोनिता आचार्य तृतीय र माछापुच्छ«े माविमा कक्षा ६ मा अध्ययनरत अशोक परियारले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । विद्यार्थीहरुले बनाको चित्रहरुको मूल्याङ्कन वरिष्ठ चित्रकार एवं कार्यक्रमका निर्णायक यादवचन्द्र भुर्तेलले गरेका थिए । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुृरस्कार समेत प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी १ नेपालका पिस पोष्टर कार्यक्रम संयोजक सूर्यनाथ कोइरालाले पिस पोष्टर कार्यक्रमले विद्यार्थीहरु भित्र लुकेर रहेको अन्तर्निहीत क्षमता प्रस्फुटनमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
कार्यक्रममा अर्पण लायन्सका जोन चियर पर्सन रमेश खत्री, एक्सटेन्सन चियर पर्सन गोविन्द बहादुर खत्री, लायन्स क्लप अफ पोखरा दर्पणका प्रथम उपाध्यक्ष ई. सुरेन्द्र पाण्डे, प्रतियोगितामा सहभागी माछापुच्छ«े माविका शिक्षक शिव प्रसाद पौडेल, एल एञ्जल बोर्डिङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषि रापकोटा, विद्यालयका प्रिन्सिपल जयराम पौडेल, निर्णायक यादवचन्द्र भुर्तेल लगायतले पिस पोष्टर कार्यक्रमको महत्व बारे आ–आप्mना भनाइ राखेका थिए । क्लवकी अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अरुणा बराल पौडेलले स्वागत, सचिव अमिता केसी बानियाँले कार्यक्रम संचालन र प्रथम उपाध्यक्ष सविता केसी बानियाँले ध्वजाको अभिवादन गरेकी थिइन ।

Post a Comment