0
गोल्डेन न्यूज संवाददाता
नेपाली मौलिकतामा आधारित भएर स्पाइनी ब्याब्लर क्रियशनले निर्माण गरेकोे कथानक चलचित्र धौली पुष १० गते देखि नेपाल भर प्रदर्शनमा आउने भएको छ । वितरणका लागि काठमाण्डौवाहिर एफ डि कम्पनीसँग धौलीको निर्माण टिमले गरेको सम्झौता सँगै प्रर्दशीत मिती तय भएको हो । चलचित्र धौली काठमाण्डौ उपत्यकामा भने पुषको १७ गते वाट प्रर्दशन हुने गरी अर्कौ कम्पनी पककर्नलाई दिएको पनि निर्माण टीमका सदस्य कार्यकारी निर्माता किरण कुमार आत्रेयले जानकारी दिए । यस अगाडि चलचित्रको पहिलो प्रवद्र्धनात्मक भिडियो ओरजिनल साउण्ड ट्रयाक (ओएसटी) र पहिलो पोष्टर पनि सार्वजनिक भईसकेको छ । चलचित्र काठमाडौंका मल्टीफ्लेक्स लगायतका सवै हलहरु र उपत्यका वाहिरका ४० भन्दा वढी हलहरुमा एकै साथ प्रर्दशन हुने निर्माता सम्भु थापाले जानकारी दिए ।
 
केहि नया र पुराना थेटरका कलाकारहरुको अभिनय रहेको चलचित्रमा लोपोन्मुख कटुवाल प्रथा, झारा बोलाउने, झाँक्रीले पानी पिठोले पोल्ने, ढिकी–जाँतो गरेकोे लगायत गाउँघरका क्रियाकलाप समेटिएको छ । चलचित्रमा गाउँघरमा घट्ने सामाजिक र पारिवारिक घटनालाई  व्यंग्यात्मक, मनोरन्जनात्मक र मर्मस्पशी तरिकाले देखाउने प्रयास गरिएको निर्देशक घनश्याम लामिछानेले बताए । निर्देशक लामिछाने लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशील छन् ।
 
उनले दर्जनौं म्युजिक भिडियो र आधा दर्जन भाषाभाषीका चलचित्रको निर्देशन गरिसकेका छन् । सार्वजनिक भएको भिडियोमा गीता अधिकारी, विष्णु गौतम, प्रकाश घिमिरे, विद्या कार्की, सम्भु थापा र बाल कलाकार गोपाल भट्टराईको अभिनय देख्न पाइन्छ । सार्वजनिक उक्त गीतलाई ईन्टरटेन्मेन्ट व्याण्डले तयार पारेको हो भने गीतमा तारा श्रीष मगरको स्वर रहेको छ । चलचित्र यस अगाडि पोखरामा तीनपटक, लेखनाथ, दाङ, हेटांैडा, मलेसियाका विभिन्न स्थान र बेलायतमा सफतापूर्वक  प्रर्दशन भईसकेको छ । मलेसियामा पुनः प्रदर्शनको तयारीमा रहेको धौली अस्ट्रेलिया, जापान, हङकङ, कतार, अमेरिकामा पनि प्रर्दशनको तयारीमा रहेको छ ।
 
चलचित्रमा गीता अधिकारी, विष्णु गौतम, गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे, विद्या कार्की, शम्भु थापा, तेज गिरी, अर्जुन गोदार, निशा नेपाल, कुमार गुरुङ्ग, गोपाल भट्टराई, अशोक गुरुङ्ग आदीको अभिनय रहेको छ । चलचित्रमा प्रस्तुतकर्ता शम्भु थापा, कार्यकारी निर्माता किरण कुमार आत्रेय निर्माता सन्तोष आत्रेय, नरबहादुर गोदार र शम्भु थापा रहेका छन् । चलचित्रको छायांकन दिव्यराज सुवेदी, द्वन्द रोशन श्रेष्ठ, संगीत वसन्त सापकोटा र केवल घर्ती, प्रोडक्सन डिजाईन शंकर पाण्डे, कथा सन्तोष आत्रेय, पटकथा संवाद सम्भु थापा र सन्तोष आत्रेय, सम्पादक दीर्घ खड्का, ध्वनी मिश्रण उत्तम न्यौपाने, पाश्र्व संगीत जेशन कुवर, प्रचार प्रसार क्रियटिभ कुची, मुख्य सहायक निर्देशन परिच्छेद सेन ठकुरी, वोएस्टी गीत ईन्टरटेन्मेन्ट ब्याण्ड, उपकरण÷ल्याब श्यामशुक्ला फिल्म प्रोडक्सन र अश्लेसा ईन्टरटेन्मेन्ट, रंग संयोजन प्रविन मानन्धर, फोटोग्राफी केशबहादुर गुरुङ्ग रहेका छन् ।











Post a Comment

 
Top