गोल्डेन न्यूज संवाददाता
कास्कीको भदौरे क्लवले आउँदो पुष १ देखि ६ गतेसम्म १८औं भदौरे–पञ्चासे महोत्सव २०७२ आयोजना गर्ने भएको छ । महोत्सव सफल पार्न क्लव अध्यक्ष जीवन गुरुङ्गको अध्यक्षतामा एक सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । अध्यक्ष गुरुङ्गको अध्यक्षतामा बुधबार बसेको बैठकले मेला संयोजकमा क्लव सदस्य सन्तोष गुरुङ्गलाई चयन ग¥यो भने लक्ष्मी गुरुङ्गलाई सह–संयोजक एवं दिव्य गुरुङ्गलाई खेलकुद संयोजकमा चयन गरेको छ । अतिथि सत्कार समितिमा भदौरे आमा समूहलाई राखिएको छ । मेलामा पुरुष तथा महिला भलिवल मुख्य आकर्षणका रुपमा रहने छ । त्यसैगरि एकल नृत्य प्रतियोगिता, विभिन्न कलाकाहरुको लोक ाँस्कृतिक कार्यक्रम, हाँस्य कार्यक्रम तथा विविद्य खेलकुदका कार्यक्रम पनि मेलामा सञ्चालन गरिने क्लवका सचिव शक्ति गुरुङ्गले जानकारी दिए । मेलाको अन्तिम दिन महिला भलिवलका दुई शसक्त टिम न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपीएफ क्लववीच मैत्रिपूर्ण प्रदर्शन खेल राखिने क्लवले जनाएको छ ।
Post a Comment