0
गोल्डेन न्यूज संवाददाता
बाल अधिकार संरक्षण र प्रवद्र्धन तथा वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको बाबा फाउण्डेशन नेपालले भारती भवन उच्च मावि पुरन्चौरमा छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित एक समारोहमा फाउण्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठ र सचिव टंकराज अधिकारीले बाबा फाउण्डेशन टेक्सासको सहयोगमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत छात्र सिजन के सी र छात्रा लक्ष्मी रानाभाटलाई उच्च शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्रदान गरेका थिए । भारती भवन उच्च माविका प्रधानाध्यापक दीपक पौडेल उमेर हदको कारण अनिवार्य अवकासको अवसरमा आयोजित बिदाई कार्यक्रममा सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी बाल अधिकार र बातावरणलाई नै कार्य क्षेत्र बनाएर स्थापित संस्था बाबा फाउण्डेशनले नेपाली मन नेपाली पन र नेपाली धन भन्ने नाराका साथ स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवालाई अगाडि बढाउँदै आईरहेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी गराएका थिए ।
संस्थाले स्थानीय दाताहरुको बार्षिक सहायता र अन्य स्थानीय श्रोतहरुको परिचालनबाट हालसम्म गण्डकी र धवलागिरीका ७ वटा जिल्लाका बिभिन्न विद्यालयमा ८५ जना बालबालिकालाई औपचारिक शिक्षामा निरन्तर सहयोग गर्दै आईरहेको छ भने हरियाली प्रवद्र्धन र फोहोर मैला व्यवस्थापनमा पनि विविध कार्यक्रमहरु संचालन गर्दै वाल अधिकार र वातावरण संरक्षणमा समाचार प्रकाशन, प्रसारण तथा समाचार सम्प्रेषण गर्ने संचार माध्यम वा संचारकर्मीलाई पुरस्कृत गर्ने उद्देश्यका साथ बाबा आनन्द संचार पत्रकारिता पुरस्कारको स्थापना गरेको संस्थाका सचिव टंकराज अधिकारीले जानकारी गराएका थिए ।

Post a Comment

 
Top