0
राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षमा कार्तिक १० गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले विधान बमोजिम यही मंसिर ६, ७ र ८ गते केन्द्रीय परिषद्को बैठक काठमाडौंमा हुने भनिए बमोजिम कास्कीको टोली परिषद्को बैठक सहभागी हुन शनिवार काठमाडौं जाने भएको छ । केन्द्रीय परिषद्को उक्त बैठकमा नयाँसंविधान जारी भए पश्चात देशको समग्र राजनीतिक परिवर्तित परिस्थिति पार्टीको भावी कार्यदिशा कार्यक्रम र विधान संशोधन लगायतका विषयहरुमा छलफल हुनेछ । बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, आमन्त्रित सदस्यहरु, पार्टीका सांसदहरु, पार्टीका जिल्ला अध्यक्षहरु,क्षेत्रीय अध्यक्षहरु, प्रत्येक निर्वाचन क्षेत्रबाट केन्द्रीय परिषद्का सदस्य २ जनाको सहभागिता रहनेछ । परिषद् बैठकमा सहभागी हुन कास्कीबाट जिल्ला अध्यक्ष जयलाल पुन, सह–सचिव रन्जना सेन पौडेल, राष्ट्रिय पत्रकार समाजका अध्यक्ष तथा अञ्चलसचिव सूर्य बाँस्तोला, क्षेत्रीय अध्यक्ष नारायणप्रसाद सुवेदी, नगर अध्यक्ष हरिबहादुर जिसी, जिल्ला सदस्य विश्वराज पौडेल, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, जिल्ला उपाध्यक्ष बुद्धिमान गुरुङ्ग, जिल्ला सहसचिव दण्डिराज आचार्य, क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारी, जिल्ला उपाध्यक्ष प्रेम बहादुर मल्ल, भोलाजंग सुवेदी, क्षेत्रीय अध्यक्ष जीवन बहादुर कुँवर, प्रशिक्षण विभाग सदस्य बरुण बिक्रम राणा, क्षेत्रीय उपाध्यक्ष दिलकुमारी अधिकारी, केन्द्रीय सदस्य रमेश बहादुर भट्ट्राई, कुल बहादुर गुरुङ्ग कुलु, शिव कुमार बास्तोला, भीमसेन गुरुङ्ग, रोमबहादुर भण्डारी, देवीजंग गुरुङ्ग र पर्यवेक्षकमा कोषाध्यक्ष धर्मेन्द्र बहादुर थापा र पूजा शाह रहेका छन् ।





Post a Comment

 
Top