0
गोल्डेन न्यूज संवाददाता
काठमाडौंको डिल्ली बजारमा प्रधान कार्यालय रहेको सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष सुशिलराज पराजुलीका अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । साधारणसभाले बैंकको नाफा नोक्सान, वासलात लगायतका अन्य वित्तिय विवरण पारित गरेको छ । साथै आफू अनुकूल बैंक तथा वित्तिय संस्थासंग मर्जर गर्ने प्रक्रिया अघि बढाउने विशेष प्रस्ताव समेत पारित गरेको छ । पोखरामा प्रधान कार्यालय रहेको हिमचुली विकास बैंक संग बुटवल फाइनान्स गाभिएर एचएण्ड बी डेभलपमेन्ट बैंक र पछि विशेष कारणले सोसाइटी डेभलपमेन्ट बैंक भएको हो । बैंकले २०७२ आश्विन मसान्तसम्मा ६ अर्व ३ करोड निक्षेप संकलन, ४ अर्व ९७ करोड कर्जा प्रवाह गर्नुका साथै ६ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकका कार्यकारी प्रमुख ज्ञान कृष्ण अधिकारीले जानकारी दिए ।

Post a Comment

 
Top