0
गोल्डेन न्यूज संवाददाता
पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च माविले मावि तह र निमावि स्तरिय दु्रत पढाई प्रतियोगिता सम्पन्न भएको छ । नेपाली र अंग्रेजी भाषामा आयोजित प्रतियोगितामा नेपाली मावि तर्फ स्वस्तिका तिमिल्सिना प्रथम, निशान बिगरी र सुस्मिता बास्तोल द्वितीय र अनिष गौतम तृतिय भएका छन् । भने अंग्रेजी तर्फ अजुर्न बास्तोला प्रथम, सुस्मिता बास्तोला द्धितिय र निशान गिरी तथा प्रतिमा गुरुङ्ग तृतिय भएका छन् । निमावि तर्फ नेपालीमा सिजन पौडेल प्रथम, वरदान आचार्य द्वितीय र आँचल वाग्ले तृतिय भएका छन् । अंग्रेजी तर्फ असिम गौतम र आँचल वाग्ले प्रथम, वरदान आचार्य द्वितीय र सिजन पौडेल तृतिय भएका छन् । विद्यालयका प्राचार्य नारायण शर्मा चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका इन्चार्ज अमृत पौडेल, डिन वृहस्पति लम्साल, निमावि इन्चार्ज सरोजनी देवकोटा, अतिरिक्त विभागका प्रमुख सुमन पौडेलले विद्यार्थीको मूल्याङ्कन गरेका थिए ।


Post a Comment

 
Top