0
गोल्डेन न्यूज संवाददाता
सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा वैकल्पिक उर्जा सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आत्मनिर्भरताको वाटो खोजांै प्राकृतिक इन्धनको उपयोग गरौ भन्ने उद्घोषका साथ सम्पन्न कार्यक्रममा जिल्ला विकास समिति वातावरण उर्जा तथा जलवायु परिवर्तन युनिटका अधिकृत कौशलचन्द्र जिसीले वैकल्पिक उर्जा सम्वन्धी,  जैविक उर्जा सहयोग कार्यक्रम पर्वतका जिल्ला संयोजक नरवहादुर पुलामीले सुधारिएको चुलो सम्वन्धमा  र  नेपाल वायोग्यास प्रवद्र्धन संघका उपाध्यक्ष लेखनाथ तिवारीले सहजीकरण गरेका थिए। कार्यक्रमका सहभागीहरुले तालिम उपयोगी रहेको बताउँदै वैकल्पिक उर्जा प्रवद्र्धनका लागि पर्ने प्रतिवद्धता समेत जारी गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले समय उपयोगी कार्यक्रम आयोजना वैकल्पिक उर्जा तत्काल मात्र नभई दिर्गकालीन रुपमा समेत लाभदायी हुने बताए। उनले ग्यास तथा इन्धन अभावमा समेत प्रशासनिक क्षेत्रलाई स्थानीय जनताको सहयोग आवश्यक भएको बताए।  स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी र पोखरा उपमहानगरपालिकाका निमिक्त प्रमुख ओमराज पौडेलले समाज विकासमा महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै आफ्नो कार्यालय अभियानसँग सहकार्य गर्न तत्पर रहेको वताए।
पर्यटन व्यवसायी सुन्दर कुमार श्रेष्ठ र वैदाम प्रहरी कार्यलयका प्रमुख विरेन्द्र गोदारले समस्याका वेला समाधानको उपाय खोज्नुपनर्छ भन्ने यस कार्यक्रमले सन्देश दिएको बताए। समाजिक जागरणका लागि नारी अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले इन्धन अभावका कारण सवैभन्दा वढी समस्या महिलालाई भएको कारण वैकल्पिक उर्जा सम्वन्धी महिलालाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको बताइन्। उनले संस्थाको भावी योजनाका वारेमा समेत बनाएकी थिइन्। पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य कार्यक्रम संयोजक शुभा श्रेष्ठले व्यक्त गरेकी थिइन भने कार्यक्रमको संचालन अर्थ संयोजक सरस्वती अधिकारी सरुले गरेकी थिइन् । कार्यक्रममा विभिन्न क्षेत्रका सक्रिय एक सय ५० जना महिलाको सहभागीता रहेको थियो।

Post a Comment

 
Top