गोल्डेन न्यूज संवाददाता
पोखरा २३ कार्तिक ।
काठमाडौंमा प्रधान कार्यालय रहेको कैलाश विकास बैंक लिमिटेडले करिब डेढ वर्षको प्रयासपछि दुई सारथी पाएको छ । बैंक संचालन सम्बन्धी नेपाल राष्ट्र बैंकले नयाँ नीति जारी गरेपछि कैलाशले गत वर्षको साधारणसभा पछि उपयुक्त सारथीको खोजी गर्दै आएको थियो । नेपाल राष्ट्रबैंक बाट ‘ख’ वर्गको राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गर्दै आएको कैलाशले पोखरामा प्रधान कार्यालय रहेको “ख” वर्गकै मेट्रो डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौंमै प्रधान कार्यालय रहेर “ग” वर्गको वित्तीय कारोवार गर्दै आएको नेपाल एक्सप्रेस फाईनान्स लि बीच मर्ज गर्ने सम्बन्धी समभ्mदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ । यी तीनै संस्थाबीच मर्ज भएपनि कैलाश विकास बैंककै नामबाट कारोबार संचालन हुने र नेतृत्व पनि कैलाश विकास बैंकले नै गर्ने बताइन्छ । समझदारी पत्रमा कैलाश विकास बैंक लिमिटेड संचालक समितिका अध्यक्ष राजेन्द्र गिरी, मेट्रो डेभलपमेन्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष नारायण बराल र नेपाल एक्सप्रेस फाईनान्स लिमिटेड संचालक समितिका अध्यक्ष गिरीराज पाठकले हस्ताक्षर गरेका छन् । उक्त संस्थाहरु बीच २०७२ चैत्र मसान्त भित्र गाभ्ने÷ गाभिने कार्य सम्पन्न गरी २०७३ बैशाख महिनादेखि एकीकृत कारोवार गर्ने लक्ष्य लिईएकोछ । २०७२ आषाढ मसान्तको वित्तीय विवरण बमोजिम तीनवटै संस्था गाभिएपश्चात कूल पुँजी २ अर्ब ५५ लाख रुपैयाँ, कूल निक्षेप १२ अर्ब ३० करोड ५ लाख रुपैयाँ तथा कूल कर्जा १० अर्ब ७७ करोड रुपैयाँ कायम रहेको छ भने कूल शाखा संख्या ३८ हुने छन् । यसमा कैलाश विकास बैंकको कूल चुक्ता पुँजी १ अर्व ११ करोड, मेट्रोको २४ करोड ८७ लाख र नेपाल एक्सप्रेस फाइनान्सको करिब २९ करोड रुपैयाँ रहेको छ ।
बैंक मर्जर सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न कैलाश विकास बैंकका अध्यक्ष राजेन्द्र राजेन्द्र गिरीको संयोजकत्वमा सम्पादन समिति गठन गरिएको छ । सम्पादन समितिको सदस्यहरुमा कैलाशका ४, मेट्रो र एक्सप्रेसका तर्फबाट २÷२ जना प्रतिनिधि रहका छन् । कैलाश विकास बैंकको प्रधान सहित शाखा कार्यालय २५, मेट्रोको प्रधान कार्यालय सहित ७ र नेपाल एक्सप्रेसको प्रधान कार्यालय सहित ५ कार्यालय संचालनमा छन् । उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दे आएका तीनवटै संस्था गाभिए पश्चात पुँजीकोष तथा व्यवसायको आधार फराकिलो हुन गई एक सवल र सुदृढ वित्तीय संस्थाको रुपमा खडा हुने तथा ग्राहकहरुलाई प्रभावकारी तथा बिश्वसनीय रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम हुने विश्वास लिईएकोछ ।

Post a Comment