गोल्डेन न्यूज संवाददाता
पोखरा १० नयाँगाउँमा रहेको आइएनएफ हरियोखर्क अस्पतालमा परिसरमा नवनिर्मित कान अस्पतालको उद्घाटन गरिएको छ ।आइएन एफ हरियोखर्क अस्पताल तथा पुनःस्थापना केन्द्र अन्तर्गतको कान अस्पतालको समर्पण तथा समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रिय निर्देशक केदार बहादुर अधिकारी रहेका थिए । इएर एड नेपाल र इएर फर नेपालको करिव ६ करोड सहयोगमा बनेको १६ शैयाको अस्पतालको उद्घाटन गर्दै अधिकारीले सरकारी तर्फबाट आफूले गर्न सक्ने सहयोग अस्पतालाई गर्ने बताए । उनले विपन्न तथा गरिबहरुका लागि कम खर्चमा उपचार सेवा पु¥याउँदै लक्ष्य लिएको अस्पतालको सफलताको कामना गरे । उपचारमा सेवाको भावले अघि बढ्न र आफ्नो तर्फबाट हुने कुनैपनि सहयोग गर्न तत्पर रहेको उनले बताए । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक तारानाथ पौडेल, आइएनएफ इएर फर नेपालका चेयरपर्सन डा. लुकासले आफ्नो भनाइ राखेका थिए । सो अवसरमा बोल्दै डा लुकासले आइएन एफका मूल्य मान्यतामध्ये आशा एउटा आँखा नदेख्नु भन्दा सुन्न सक्नु धेरै राम्रो भएको उल्लेख गरे । डा. दिपेन्द्र गौतमले दिनरातको ५ वर्षको अथक प्रयासले अस्पताल निर्माण सम्पन्न भएको बताए । डा. माइक चियर पर्सन डा. लुकास, प्रेम सुवेदी, डा. तारानाथ पोडेललगायतले सो अवसरमा मन्तव्य राखेका थिए । अस्पतालमा १६ सैया रहेका छन् । कानको विषेश उपचार गरिने सो अस्पतालका हरेक दिन १० वजेदेखि ४ बजेसम्म ओपिडी सेवा रहने र टिकट शुल्क ७५ रहेको अस्पतालले जनाएको छ । गरिब तथा असहयाका लागि निःशुल्क सेवा रहेको अस्पतालको क्लिनिक निर्देशक ढाकाराम बुढामगरले जानकारी दिए । स्वागत मन्तव्य राख्दै बुढामगरले सेवाको भावले गरिएको प्रयासमा सबैको साथ रहने विश्वास व्यक्त गर्दै यस क्षेत्रका बासिन्दा अस्पतालको निःस्वार्थ सेवाबाट लाभान्वित हुने बताए । सो अवसरमा विविधि सांस्कृतिक कार्यक्रम पनि पस्तुत गरिएको थियो । नवनिर्मित अस्पताल करिब २४ सय वर्ग्फितमा फैलिएको छ । कार्यक्रम ज्योति घिमिरेले सञ्चालन गरेका थिए ।
Post a Comment