पोखराको रामबजारमा रहेको डेमो चिल्ड्रेन होममा रहेका बालबालिकाहरुले तिहारको अवसरमा देउसी भैलो खेलेर जम्मा गरेको सोही ठाउँस्थित तल्लो जनशक्ति टोल विकास संस्थालाई हस्तान्तरण गरेका छन् । शनिबार आयोजित रकम हस्तान्तरण कार्यक्रममा देउसी भैलो समूहका प्रज्ञा योल्मोले देउसीबाट उठेको रु ९ हजार ५ सय ४५ रुपैँया तल्लो जनशक्ति टोल विकास संस्थाका अध्यक्ष दिपक लोहनीलाई हस्तान्तरण गरे । चिल्ड्रेन होमको अग्रसरतामा ३ दिनसम्म टोलमै खेलिएको रकमबाट जम्मा भएको उक्त रकम हस्तान्तरणका अवसरमा बोल्दै अध्यक्ष लोहनीले बालबालिकाको यो प्रयासलाई निकै सह्रानीय भन्दै प्रशंसा गरे ।
नेपाली रीतिरिवाज, संस्कृति र परम्परालाई निरन्तरता दिई जोगाई राख्न तथा बालगृहमा आश्रित बालबालिकाहरुलाई बाल अधिकार, धार्मिक स्वतन्त्रताको प्रत्याभूति गराउन पनि देउसी भैलो कार्यक्रममा बालबालिकालाई सहभागी गराएको चिल्ड्रेन होमका प्रवन्ध निर्देशक नर्बु योल्मोले जानकारी दिए । साथै जनशक्ति टोललाई बालमैत्री बनाउन सहयोग गर्ने, बाल बालिकालाई सानै उमेरदेखि समाजसेवा प्रति उत्प्रेरित गर्न र भारतले गरेको नाकाबन्दीमा पनि संस्कृति जोगाउन कुनै असर नपारेको सन्देश प्रवाहका लागि पनि देउसी भैलो कार्यक्रम सार्थक भएको योल्मोको धारणा छ । रकम हस्तान्तरण कार्यत्रममा जनशक्ति आमा समूहका कोषाध्यक्ष पुष्पा ढकाल, चिल्ड्रेन होममा रहेका तथा तथा देउसी भैलो खेल्ने बालबालिका, थ्रि एन्जल्स रेडियोका समाचार प्रमुख जीवन सुवेदी लगायतको उपस्थिति रहेका थियो ।
Post a Comment