हरि पन्त/गोल्डेन
पोखरा १८ कार्तिक ।
पोखरा–१३ बाँझापाटनका स्थानीयवासीलाई बैंक तथा वित्तीय संस्थाका विविध गतिविधि बारे जानकारी गराइएको छ । उनीहरुलाई बैंकको महत्व, प्रकार, बैंकले प्रदान गर्ने सेवा सुविधा, बैंकमा कारोबार हुने फाइदा लगायत बैंकको विश्वासनीयता र नेपाल राष्ट्रबैंकको भूमिकाको बारेमा जानकारी गराइएको थियो । कैलाश विकास बैंकको बाँझापाटन शाखाद्वारा आयोजित ‘वित्तीय सचेतना कार्यक्रम’ मा उक्त जानकारी गराइएको हो । कार्यक्रमको उद्घाटन गर्दै पोखरा उप–महानगरपालिका कार्यालयका निमित्त कार्यकारी प्रमुख ओमरा पौडेलले सरकारी संयन्त्र, निजीक्षेत्र र नागरिक समाजको सहभागिता विना विकासको कल्पना गर्न नसकिने बताए । यी तीनै संस्थाहरु गैर नाफामूलक संस्था भएकाले यिनै संस्थाको सहभागिता विना विकासमात्र होइन कुनैपनि कार्य हुन नसक्ने उनले स्पष्ट पारे । उनले भने–‘यदि यी संस्थाहरुले नाफा खान खोजे र कमिशनको खेलमा लागे भ्रष्टाचार हुन्छ, सबै क्षेत्र भद्रगोल हुन्छ ।’ विकास निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले जहाँ निजी क्षेत्र क्रियाशिल छन् त्यहाँको समाज सकारात्मक ढङ्गले अघि बढेको बताए । पोखरा नगरभित्र हुने गरेको अनियमितताको प्रसङ्ग उल्लेख गर्दै पौडेलले विकासको नाममा कतिपय व्यक्तिले नगरपालिकाबाट रकम लिएको तर विकासमा खर्च नगरि वर्षौंसम्म आफैले रकम चलाउने गरेको खुलासा गरे । उनले भने–‘टोल एवं समुदाय र विभिन्न बाहनामा रकम लिन्छन् र काम नगरि नेतृत्वले वर्षौं उक्त रकम चलाउने गरेर दुरुपयोग गरेका छन् ।’

उनले थपे–‘यदि उक्त रकम बैंकमा खाता खोलेर राखिदिएको भए काम नहुँदासम्म बैंकले धेरथोर व्याज दिन्थ्यो र विकास निर्माणमा थप टेवा पुग्थ्यो ।’ यसै कुरालाई मध्येनजर गर्दै नगरपालिकाले कही समयदेखि बैंकिङ सिस्टमबाटमात्र काम गर्ने गरेको बताउँदै उनले नगरपालिकाबाट ३० हजारभन्दा माथिको कारोबार बैंकबाट मात्र हुने स्पष्ट पारे । सबै संघसंस्थामा वित्तिय अनुशासन कायम हुनुपर्नेमा जोड दिंदै पौडेलले वित्तिय अनुशासन हुन नसके जुनसुकै क्षेत्र तहस–नहस हुने बताए । उनले कैलाश विकास बैंकले बैंकिङ सचेतना कार्यक्रम आयोजना गरेर बैंकिङ क्षेत्रबारे बुझ्न महत्वपूर्ण अवसर जनताले पाएकोमा भन्दै प्रशन्नता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका पूर्व उपनिर्देशक दुर्गाबहादुर शाह ‘बाबा’ ले जुनसुकै कारोबार बैंक विना गर्नै नुहुने बताए । कार्यक्रमका स्रोत व्यक्ति समेत रहेका उनले बैंकबाट नियमानुसार काम गरे कोही कसैलाई केही समस्या नआउने उनले स्पष्ट पारे ।रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले नेपालको विकास निर्माणमा बैंक तथा वित्तिय संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विकास निर्माणका साथै हरेक नागरिकलाई आर्थिक पारदर्शी र सभ्यता प्रदान गर्न बैंकले उल्लेखनीय काम गरेको भन्दै कैलाश विकास बैंकले स्थानीयलाई बैंक तथा वित्तिय सम्बन्धी जानकारी गराएर आफ्नो जिम्मेवारी निर्वाह गरेको बताए । साथै उनले वैंकले मुलुक संवृद्ध बनाउन र नागरिकलाई उद्यमशिलताको विकास गराउन समेत बैंकको योगदान धेरै रहेको स्पष्ट पारे ।
बैंककी शाखा प्रमुख अम्विका शर्माको अध्यक्षतामा भएको कार्यक्रममा न्यूरोड शाखा प्रमुख बुद्धिराज बराल, चिप्लेढुङ्गा शाखा प्रमुख शोभा भुर्तेल र पृथ्वीचोक शाखा प्रमुख मोहन थापा लगायतले स्वागत, कार्यक्रम संचालनका साथै बैंकको गतिविधिमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा भद्रकाली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वजिरमान श्रेष्ठ, समाजसेवी विश्वप्रकाश सिग्देल, टोल विकास संस्था वडा समन्वय समिति पोखरा–१३ का अध्यक्ष तिलक वहादुर गुरुङ र महिला समन्वय समिति पोखरा–१३ की अध्यक्ष सत्य खनाल लगायतले बैंबाट कारोबार गर्दा हुने फाइदाका बारेमा प्रकाश पारेका थिए ।
कैलाश विकास बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौंमा रहेको छ । पोखरामा प्रधान कार्यालय रहि स्थापित अन्नपूर्ण फाइनान्स कम्पनी लिमिटेडबाट स्तरोन्नति हुँदै २०६९ सालमा कैलाश विकास बैंक बन्न सफल भएको थियो । कैलाश विकास बैंक मुलुककै उत्कृष्ट बैंकहरुमध्ये एक हो । बैंकलाई नेपाल चाटर्ड एकाउण्टेन्ट संस्थाले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन प्रस्तुत गरेकोमा २ पटकसम्म अर्वाड प्रदान गरिसकेको छ ।
बैंकले यहि असोज २९ गतेसम्ममा ९ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन एवं ८ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले विभिन्न जिल्लाका २५ शाखामार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सहित १४ वटा एटीएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ । यस्तै गोरखा, पालुङ्गटार नगरपालिकाको ठाँटीपोखरीमा नयाँं शाखा थप गरी कारोवार संचालन गर्ने बैंकले तयारी गरेको बताइन्छ ।

Post a Comment