0
गोल्डेन न्यूज संवाददाता
तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेता र एमाओवादी अध्यक्ष तथा उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक प्रचण्डबीच मंगलबार गोप्य भेटघाट भएको छ । मधेस आन्दोलनलाई निकास दिने विषयमा राजधानीको एक स्थानमा भएको सो गोप्य भेटघाट ३ घण्टासम्म चलेको एमाओवादी निकट उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो । सो क्रममा मधेस समस्याको समाधान गर्ने विषयमा प्रचण्ड र मधेसी मोर्चाका नेताहरु सकारात्मक भएको बताइएको छ । कांग्रेस र एमालेसँग कुरा गरेर सीमांकनसहित मधेसको समस्या हल गर्ने विषयमा नेताहरुबीच छलफल भएको प्रचण्डको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्य तथा उनका स्वकीय सचिव चूडामणि खड्काले बताए । यसैबीच छलफलमा सहभागी सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि नेताहरु बीच छलफल भएको बताउँदै भने–गम्भीर छलफल भएको छ, के छलफल भयो चाहिँ अहिल्यै सार्वजनिक नगरौं । छलफलमा प्रचण्ड सहित मधेसी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका उपाध्यक्ष लक्ष्मणलाल कर्ण र महेन्द्र राय यादवको सहभागिता रहेको थियो । तराई मधेसमा आन्दोलन चर्किरहेको बेला प्रचण्ड र मोर्चाका शीर्ष नेताहरुबीच भएको लामो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




Post a Comment

 
Top