गोल्डेन न्यूज संवाददाता
मितेरी नारी समूह, बैदाम–६ पोखराको अध्यक्षमा कमला पहारी निर्विरोध निर्वाचित भएकी छन् । हालै सम्पन्न समूहको ११औं साधारणसभा तथा छैठांै अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति तथा सल्लाहकार समिति समेत चयन गरेको हो । समितिको उपाध्यक्षमा मिरा पौडेल, सचिवमा तारा आचार्य, कोषाध्यक्षमा लक्ष्मी भट्टराई, सह–सचिवमा सरिता भट्टराई तथा सह–कोषाध्यक्षमा विष्णु पहारी चयन भए ।
त्यसैगरि सदस्यहरुमा मिरा ठकुरी, सर्मिला पहारी, सीता अधिकारी, सीता भट्टराई, इन्द्र पौडेल, भगवती बराल, सीता अधिकारी चयन भएका छन् । यसअघि समूहका अध्यक्ष मिना भट्टराईको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख सम्झना शर्माले एक समारोहका वीच उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा उपाध्यक्ष कमला पहारीले स्वागत तथा सचिव तारा आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिइन् । प्रगति आमा समूहका अध्यक्ष विष्णु केसी, मूलथोक टोल विकास संस्थाका अध्यक्ष तथा समूहका कानुनी सल्लाहकार भगवती पहारी, समूहका सल्लाहकार ईन्द्र पन्त, निवर्तमान अध्यक्ष कल्पना पहारी, संस्थापक अध्यक्ष सुशिला अधिकारी लगायतले शुभ–कामना मन्तव्य राखेका थिए । यसैबीच समितिको पहिलो बैठकले सल्लाहकार समितिपनि चयन गरेको छ । बैठकले सल्लाहकार समितिमा सुशिला अधिकारी, ईन्द्रा पन्त, भगवती पहारी, सीता पाण्डे, सुशिला भट्टराई, पद्मा आचार्य र कल्पना पहारीलाई चयन गरेको हो ।
Post a Comment