गोल्डेन न्यूज संवाददाता
भारतले गरेको नाकावन्दी पछि पोखरामा दुई महिना पछि ७.१ केजी तौल भएको एलपि ग्याँस वितरण भएको छ । स्थानीय गृहलक्ष्मी ग्यास कम्पनीले यस क्षेत्रका लागि तयार गरेको ६ हजार सिलिण्डर मध्ये पोखराको लागि ४ हजार ५ सय वटा ७.१ केजी तौल भएको एलपि ग्याँस वितरण गरिएको हो । बाँकी १ हजार ५ सय सिलिन्डर बिहीबार लेखनाथमा वितरण गरिने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद रेग्मीले जानकारी दिए । स्थानीय प्रशासन, आयल निगम र ग्यास बिक्रेताले संयुक्त रुपमा ग्यास वितरण सुरु गरेका हुन् । ७.१ केजी तौल भएको ग्यासको मूल्य प्रति सिलिण्डर ७ सय रुपैयाँमा विक्री गरिएको छ । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा ग्यास लिनको लागि हजारांै मानिस राति देखि लाईनमा बसेका थिए ।
गृहलक्ष्मी ग्यास वाहेक अन्य कम्पनीका सिलिन्डर भएका उपभोक्ताले भने अझै ग्यास पाएका छैनन् । सीमित मात्र ग्यास वितरण गरिएकाले लाईनमा वसेका उपभोक्ता पनि ग्यास नपाएर फर्किएका छन । पोखरामा दुई लाख सिलिण्डर ग्यास खाली रहेको ग्यास विक्रेता महासंघ कास्कीका अध्यक्ष नारायण पौडेलले जानकारी दिए । उनले दैनिक पोखरामा ३० हजार सिलिण्डर खपत हुने गरेको बताए ।
यसैबीच नेकपा एमाले जिल्ला कमिटी कास्कीले भारतले गरेको अघोषित नाकावन्दी र केही मधेशसवादी दलले नाकामा गरेको अवरोधको कारण पेट्रोलियम पदार्थको अभाव भईरहेको बेला कास्कीमा प्राप्त इन्धनलाई समानुपातिक तरिकाले सर्वसुलभ र न्यायोचित वितरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कृष्ण थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जिल्लामा प्राप्त पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, एलपी ग्यास, मट्टितेल) न्यायोचित वितरण गर्न स्थानिय प्रशासनको ध्यानकर्षण गराएको हो ।
कार्यालय सचिव वैन बहादुर क्षेत्री जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर संयोजक तेजनारायण अधिकारी, सचिवालय सदस्य शोभा मोहन पौडेल, जिल्ला कमिटीका सदस्यहरु भेषराज बराल, कृष्ण न्यौपाने, क्षेत्र नं.३ का अध्यक्ष धनबहादुर नेपाली, नगर कमिटीका कार्यालय सचिव चित्र बराल लगायतको प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला विकास समिति कास्की र पोखरा उप–महानगरपालिकालाई प्राप्त इन्धनलाई न्यायोचित वितरण गर्न र कालोबजारी रोक्न ध्यानाकर्षण गराएको अध्यक्ष कृष्ण थापाले जानकारी दिए । अध्यक्ष थापाले विद्यमान असहज परिस्थीतीको फाइदा उठाइ दैनिक उपभोग्य बस्तुमा कालोबजारी बढेको कास्कीका जनताको गुनासोलाई समेत स्थानिय प्रशासन समक्ष ध्यानाकर्षण गराएको बताए ।

नाकावन्दीले मुलकभर दैनिक उपभोग्य सामानको चरम अभाव भएको छ, एमाले कास्कीले प्रकाशित प्रेस विज्ञप्तिमा कालो बजारी र अवाञ्चित क्रियाकलापमा निगरानी अनुगमन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न जरुरी छ । विज्ञप्तिमा राष्ट्रिय संकटको घडीमा जनतालाई परेको असुविधालाई क्रमशः न्युनिकरण गर्न र मित्र राष्ट्र भारतसंगको असमझदारीलाई सल्टाउन कुटनैतिक पहल गर्न सरकार संग माग गरिएको छ ।
सरकारलाई राष्ट्रियता र क्षेत्रिय अखण्डतालाई आघात हुने कुनै पनि गतिविधि नगर्न जनताले खवरदारी गरेको स्मरण गराउँदै विज्ञप्तिमा जनताको भावनाको कदर गर्दै सरकारले चिन संगबाट पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोगको सामान आयात गर्न लागेकोमा स्वागत गरिएको छ । देशको विद्यमान समस्यालाई समाधान गर्न वार्ता र सम्वादको प्रक्रिया अगाडी बढाउन आग्रह गर्दै विज्ञप्तिमा विद्यमान संकटलाई बुद्धिमता तरिकाले हल गर्न आव्हान गरिएको छ । दुःखको बेलामा एकले अर्कोलाई सहयोग गर्ने नेपाली संस्कृतीलाई आत्मसाथ गर्न आग्रह गर्दै विज्ञप्तिमा सम्पूर्ण कास्कीबासी जनतालाई एक जुट भई आपसी भाइचारा, सदभाव र समझदारीका साथ अगाडि बढ्न अनुरोध समेत गरिएको छ । विज्ञप्तिमा केन्द्रिय सरकारी निकायबाट कास्की जिल्लामा समानुपातिक तरिकाबाट पेट्रोलियम पदार्थ पठाउन पार्टीको तर्फबाट पहल भइरहेको उल्लेख छ ।

यता, नेपाल विद्यार्थी संघ कास्कीले शैक्षिक सत्रको शुरूमा नै महाविनाशकारी भूकम्पबाट थिलोथिलो बनेको हाम्रो देश र त्यसैसँग महिनौ बन्द भएका विद्यालयहरू अहिले इन्धन अभावका कारण फेरी चपेटामा परेको यस्तो असहज परिस्थितिप्रति नेपाल विद्यार्थी संघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सचिव विक्रमादित्य सिंह गिरीले एक विज्ञप्ति जारी गरि विद्यार्थी भविष्यका कर्णधार हुन, निर्वाद रूपमा पढ्न पाउने सम्पूर्ण विद्यार्थीहरूको अधिकार हो र पढ्ने वातावरण सिर्जना गर्न देशका सचेत नागरिकको कर्तव्य र राज्य को दायित्व भएको बताएको छ ।

यस्तो असामान्य र असहज परिस्थितिमा विद्यार्थीहरूका समस्या समाधान हुने विकल्प र सकारात्मक परिणाम प्रति ने.वि.संघ कास्की ऐक्यबद्धता प्रकट गर्दछ ।’–विज्ञप्तिमा भनिएको छ । कास्की जिल्लाका सन्दर्भमा विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरू सञ्चालन गर्नका निम्ति आवश्यक इन्धनका लाागि उचित व्यवस्थापनको सहज वातावरण निर्माण गर्न र अरू बेला संधै जिम्मेवार बन्न खोज्ने संगठनहरू लाई पनि आवश्यक माग उठाउन ने.वि.संघ कास्कीले विज्ञप्तिमार्फत अपिल गरेको छ ।
Post a Comment