0
नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गत सञ्चालित दुई दिने प्राथमिक उपचार र सडक सुरक्षा तालिम सृजना उच्च माविमा सम्पन्न भएको छ। तालिमको समापन गर्दै सृजना उच्च माविका प्रिन्सीपल डोलराज पाण्डेले राजमार्गमा रहेका विभिन्न विद्यालयलाई रेडक्रसले प्राथमिक उपचार तालिम प्रदान गरेकोमा धन्यवाद दिदै तालिमको व्यवहारमा उपयोगमा गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागी विद्यार्थीको  तर्फबाट सन्दिपा गिरी, राजेश पोख्रेल र शिक्षकको तर्फबाट सिमबाबु त्रिपाठीले विद्यालय स्तरको तालिम पश्चात आधारभुत कुराहरु थाहा पाएको बताएका थिए। प्रशिक्षक एवम् रेडक्रस कास्कीका सदस्य राजेश कुमार घिमिरेले पछिल्लो समयमा दुर्घटनाहरु बढेसँगै प्राथमिक उपचारको महत्व पनि वृद्धि भएको उल्लेख गरे। तालिममा शिक्षक र विद्यार्थी गरी कुल २४ जनाको सहभागिता रहेको थियो। तालिममा राजेश कुमार घिमिरे, मित्रलाल सुवेदी र रेखा ढकालले सहजिकरण गरेका थिए। तालिममा प्राथमिक उपचारको परिचय, घाइतेको जाँच, बेहोसी, मुर्छा, ठूलो रक्तस्राव र क्षोभ, जनावरको टोकाई, घाइतेको ओसार पसार लगायतका विषयमा सहजिकरण गरिएको प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रमकी फिल्ड कोअर्डिनेटर प्रतिभा सापकोटाले जानकारी दिइन।


Post a Comment

 
Top